सिरहा, २३ मंसिर । सिरहाको धनगढीमाई नपा १० जिरोमाईल चोकदेखि करिव ३ सय मिटर दक्षिण सडक छेउमा एक वेवारिसे नवजात शिशु फालिएको अवस्थामा फेला परेको छ । बुधवार राती सडक छेउमा बच्चा रोईरहेको अवस्थामा बाटोहिले देखेपछि प्रहरीलाई खवर गरि तत्काल नैनपुर अस्पताल पुर्याइएको स्थानीय सन्तोष साहले जानकारी दिए ।
नावालक शिशुको यहि हप्ताभित्रै कुनै अस्पतालमा जन्म भएको हुन सक्ने बताइएको छ । उनको नालमा लागेको क्लिपको आधारमा बच्चा अस्पतालमा जन्मेको हुनसक्ने आकलन गरिएको हो । बच्चलाई कपडामा गुटमुट्याएर राखेको अवस्थामा भेटिएको थियो ।
अवैध सम्वन्धका कारण बच्चा जन्मेकाले समाजीक भएका कारण आमाले घरलान नसकि बाटोमै छोडेर हिडेको हुनसक्ने स्थानीयले अनुमान गरेको छ ।
अहिले शिशु जिल्ला अस्पताल सिरहामा राखिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुवास देवकोटाले जानकारी दिए । उनले बच्चाको अवस्था सामान्य रहेको र बच्चा अस्पतालमा राखिएको बताए ।
बच्चा कसको हो र किन फालिएको भन्ने भिषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।