सुरेश राय / सिरहा २२ मंसिर – ग्लोबल आईएमई बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवाको विस्तार र प्रोत्साहनको लागि देशव्यापी रुपमा वित्तीय साक्षरता अभियान सञ्चालनमा ल्याएकोे छ ।

global bank
यसैबीच बैंकले सिरहाको गोलबजार पञ्चयुगपार्टि प्यालेसमा डिजिटल बैंकिङसम्बन्धी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।
अब सेवाग्राहीले ग्लोबल स्माट पल्स एप्सबाटै सजिलै पैसाको कारोबर गर्न सकिने र दैनिक २ लाख सम्म्को कारोबार मोबाइल बैंकिङ्गबाटै गर्न सकिने ग्लोबल आइएमइ बैंकका ट्रेनर रविन्द्र पाण्डेले जनाए । उनले भन्ने ग्राहक्लाइ अव खाता खोल्न बैंक धाउनु पर्देन घरमै बसेर एप्स डाउनलोड गरि सजिलो संङ्ग खाता खोल्न सकिने ट्रेनर पाण्डेले बताए ।
सिरहा जिल्ला भरीरहेको ग्लोबल आइएमई बैंकको शाखाहरु लहान,सुखिपुर,गोलबजार,सिरहा र मिर्चैयामा गरि पाँच वटै शाखाहरुमा कार्यक्रम सम्पन्न भइसकेको ग्लोबल आइएमइ बैंकका कार्यक्रम सन्चालक प्रमुख अनमिका सिंह (कुवर)ले जानकारी दिए ।
नेपालभरिमा ग्लोबल आइएमइ बैंकको जम्मा २८७ वटा ब्रान्च ,२६३ ब्रान्चलेस बैंककिङ एजेन्टस ,२५२ एटिएम ,३ वटा रिप्रजेनटिभ अफिस (युके ,इन्डिया,अस्ट्रेलिया ) जम्मा ग्राहक २७ लाख भन्दा माथी रहेको ग्लोबल आइएमइ बैंकका प्रदेश प्रमुख सुजन श्रेष्ठले जानए ।
कार्यक्रममा स्थानिय सेवाग्राही,व्यपारी, वुद्धिजिवि,युवा तथा कर्मचारीहरु लगायतको उपस्थिति रहेको गोलबजार शाखा प्रबन्धक श्रवण महासेठले बताए । गोलबजार शाखामा जम्मा १६ जना कर्मचारी रहेको बताए ।