सिहरा, १५ मंसिर । नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) का स्थायि समिति सदस्य एवम् पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले अहिलेको गठवन्धनसँग आउने चुनावसम्म मिलेर जाने चहाना व्यक्त गरेका छन् । पार्टीको धनगढीमाई नगरपालिकाको प्रथम सम्मेलनलाई सम्वोधन गर्दै उनले आफ्नो पार्टी विनासर्त चुनावमा समेत गठवन्धनगरेर जाने बताएका हुन् ।
नेता पोखरेलले अहिलेको गठवन्धनसँग हामी मिलेर चुनावमा पनि जान चाहन्छौ, तर, नेपाली काँग्रेसले यथास्थितिा एमसीसी पास गराउने प्रस्तावहरु ल्याईराखेका छन्, त्यतिवेला हामी देश छान्ने कि, गठवन्धन रोज्ने भन्ने अवस्था आयोभने हामी देश छान्छौं ।’ उनले चुनावमा समिकरण गर्नेनाममा हामी कुनैपनि अपारदर्शी, देश र जनालाई आघात पुग्ने सहमति गर्न नसकिने बताए ।
मन्तव्यकै क्रममा उनले नेकपा एमालेले अव बामपन्थि पार्टी नरहेको जिकिर गरे । एमालेको अहिलेको नृतृत्व निरङ्कुशतार्फ अघिबढिरहेको जिकिर गरे । उनले एमाले नेतृत्व मुलुकलाई कमजोर बनाउने र निरङ्कुशतातर्फ लैजाने क्रममा रहेको बताए ।
नेता पोखरेलले भने, ‘केपीजीको राजनी लोकतान्त्रिक राजनीति होइन, नवउदारवादको राजनीति हो । फाँसिवादको राजनिति हो । केपीको राजनिति सफल भयोभने मुलुले निङ्कुशता भोग्नुपर्छ पर्छ । तानशाहि भोग्नु पर्छ । दमनात्मक व्यवस्था भोग्नुपर्छ पर्छ ।’
उनले हामीले बामएकता गरेर चुनावमा गयौं, जनताले हामीलाई बहुमत पनि दियो । तर, केपी ओली नेतृत्वमा सरकार गठन भयो तर घोषणापत्र अनुसार सरकारलाई अगाडी बढाउन दिइएन । उनले त्यहाँपनि एकाधिकार प्रयोग गरेर सरकार र पार्टी फूटको अवस्थामा पुगेको बताए ।
कार्यक्रममा पार्टीका प्रदेश नम्वर २ का सह इन्चार्ज तथा केन्द्रीय सदस्य विश्वनाथ साह, केन्द्रीय सदस्य तथा सिरहा जिल्ला इन्चार्ज अजय शंकर नायक, केन्द्रीय संयोजक रामकुमार यादव, केन्द्रिय सदस्य सीता पोखरेल, धनगढीमाई नगरपालिकाका नगरप्रमुख एवम् केन्द्रीय सदस्य हरिनारायण चौधरी, नेकपा समाजवादीका नेता उत्तरबहादुर जर्घा मगर लगायतहरुले सम्मेलन सफलताको शुभकामना दिएका थिए ।
सोही क्रममा नेपाली कांग्रेस, नेकपा एमाले तथा मधेशी दल परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका नव प्रवेशीहरुलाई प्रमुख अतिथिले अबिर र माला लगाई पार्टी प्रवेश गराएका थिए ।
बुधबार बिहानदेखि चल्ने बन्द सत्रले नेकपा माओवादी केन्द्र धनगढीमाई नगरले नयाँ नगर कार्यसमिति गठन गर्ने आयोजकले जनाएको छ ।