लहान १०, मंसिर । ‘‘स्वदेशी उधम र उत्पादन ः दिगो औधोगिक पुनरुत्थान’’ भन्ने मुल नारा सहित बिहीबार घरेलु तथा साना उद्योग कार्यालय, सिरहा लहानले सातौ उद्योग दिवस –२०७८ भव्य रुपमा मनाएको छ ।
दिवसको अवसरमा घरेलु तथा साना उद्योगको ग्रामीणस्थित कार्यालयबाट जनचेतना मुलक ¥याली निकालिएको थियो । ¥याली लहानको दुर्गा मन्दिर हुँदै पुनः कार्यालय परिसरमा आई कोण सभामा परिणत गरिएको थियो ।
जिल्लाका बिशिस्ट ब्यक्तिहरुको उपस्थितिमा दिवस मानाईएको छ । जिल्ला उद्योग बाणिज्य संघ लहानका अध्यक्ष अशोकलाल आमात्यको प्रमुख आतिथ्य र कार्यालय प्रमुख दिपेन्द्र कुमार यादवको अध्यक्षतामा औपचारिक रुपमा कार्यक्रम संचालन भएको थियो ।
सातै उद्योग दिवस रहेकोले सात वटा मैनवती प्रज्वलन गरी प्रमुख अतिथी आमात्यद्वारा कार्यक्रमको उदघाटन गरिएको थियो ।
सोही क्रममा प्रमुख अतिथि अशोकलाल आमात्यले साना व्यावसायिका लागि गर्नुपर्ने सहयोग उद्योग बणिज्य संघले सदैव गर्ने प्रतिबद्धता गरेका छन् ।
बैंक साना व्यावसायिलाई ऋृण दिन कन्जुस्याइँ गरिरहेको भन्दै देशलाई समृद्धिको बाटोमा लैजान बैंकलाई सरकारको निर्देशन कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए ।
उद्योग दिवसको अवसरमा कार्यालयले घरेलु तथा साना उद्योग संचालन गरी घर–परिवार र राष्ट्र निर्माणमा आर्थिक हिसाबले सहयोग गरेका÷सक्षम बनेका जिल्लाका विभिन्न क्षेत्रका १३ जना उत्कृष्ट लघु उधमीहरुलाई सम्मान गरेको थियो । सम्मानित हुनेहरु आफ्नै देशमा साना उद्योग संचालन गरी बार्षिक लाखौं आम्दानी गरिरहेकोले सम्मान गरिएको कार्यालय प्रमुख दिपेन्द्र कुमार यादवले बताए ।
कार्यक्रममा कार्यालय प्रमुख यादवले देशको ग्रहास्थ उत्पादनमा ९० प्रतिशत योगदान दिएको बताए । लघु र साना उद्योगले राज्यको समृद्धि गराउन अहम भुमिका खेलेको भन्दै प्रमुख यादवले लघुउधमीहरु बढेमा आय आर्जनमा वृद्धि हुने बताए । सरकारको स्वरोजगार नारा सफल पार्न साना उद्योगीहरुको महत्वपूर्ण भुमिका रहेको बताए ।
नेपाल पत्रकार महासंघ सिरहा अध्यक्ष मनोज बनैताले बजार अनुगमनलाई तिब्रता दिन कार्यालय लगायत सरोकारवाला निकायलाई आग्रह गरेका थिए । बजार अनुगमन नहुदा सेवादाताले म्याद गुज्रिएको सामग्री लगायत सडेगलेका फोहर खाध्य सामग्री उपभोगगर्न बाध्य भएकोले अनुगमनलाई जोड दिनुपर्ने भन्दै ग्रामीणबजार देखि शहरसम्म कार्यालयले समय समयमा उपभोक्ता माझ जनचेतनामुलक कार्यक्रम ल्याउनुपर्ने बताए ।
कार्यक्रममा ईलाका प्रशासन कार्यालय लहानका प्रमुख कृष्ण बहादुर खड्का , ईलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी डाक्टर तपन दहाल, शस्त्र प्रहरी लहानका डिएसपी सुशील श्रेष्ठ ,नेपाल गृल तथा स्टिल ब्यबसायका प्रतिनिधि सुनिल गुप्ता , नेपाल घरेलु महासंघका रामदेव ठाकुर , नेपाल घरेलु महासंघ प्रदेश नम्बर – २ का प्रतिनिधि नवीन कुमार यादव , खाध प्रविधि गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजका प्रमुख सुरेश सिंह , मारुती प्रीकास्टका संचालक कुशेश्वर महतो , जसपाका नेता रिता यादव , नेपाल बोतल संघ , जिल्ला उधमी संघ , कृषि क्षेत्र , अगरवत्ती उधोगी, लाहा(चुरा) क्षेत्रमा काम गर्ने व्यवसायी , विभिन्न क्षेत्रका लघु उधमी लगायत सयौ जनाको उपस्थिति रहेको थियो ।