सिरहा, ९ मंसिर । नेपाली कांग्रेसको १४ औं अधिवेशन अन्तर्गत सिरहाका १७ वटै स्थानीय तहको पदाधिकारी चयन भएका छन् । १४ स्थानीय तहको सर्वसम्मत र तीन वटाको निर्वाचनमार्फत समिति चयन भएको हो ।
लहान, धनगढीमाई र सुखिपुर नगरपालिकामा नेतृत्व चयको लागि मतदान भएपनि बाँकी १४ तह सर्वसम्मत भएको जिल्ला निर्वाचन अधिकृत संजिव लामाले जानकारी दिए ।
अधिवेशनले सिरहामा अषिशलाल यादव, मिर्चैयामा रमेश न्यौपाने, कल्याणपुरमा कृष्णा साह, कर्जन्हामा मानबहादुर पाण्डे, गोलबजा्मा राजदेव साह ‘लालबाबु’ धनगढीमाईमा सरोज महतो, लहानमा रासलाल राय र सुखिपुरमा प्रभाष कुमार यादवको सभापतित्वमा नगरस्तरीय समिति चयन भएको छ ।
त्यसैगरी, लक्ष्मीपुरपतारीमा विद्यानन्द साह, भगवानपुरमा सुभाष यादव, नवराजपुरमा मदन यादव, बरियारपट्टि योगेन्द्र यादव, नरहा कमल प्रसाद मण्डल, सखुवानन्कारकट्टीमा बालकृष्ण यादव, अर्नमामा धर्मवीर कामती, औरहीमा महेन्द्र यादव र विष्णुपुर गाउँपालिकामा जयदेव यादव सर्वसम्मत गाउँ सभापति निर्वाचित भएका छन् ।
सिरहामा सवै पालिकाहरुको लागि पटक पटक सर्वसम्मतीको प्रयास भएपनि तीनवटा गरपालिकामा चुनावमा जानुपरेको जिल्ला सचिव पञ्चलाल महतोले जानकारी दिए ।
क्षेत्रिय सभापतिको लागि सहमतिको प्रयास भईरहेको निर्वाचन अधिकृत लामाले जानकारी दिए ।
क्याप्सन ः नेपालि काग्रेस सिरहाको गोलबजार नगरपालिमाको सम्पन्न अधिवेनबाट निर्वाचित पदाधिकारीहरु ।
फोटो ः आशिष विश्वकर्मा, सिरहा