सिरहा, ६ मंसिर । नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) का स्थायिसमिति सदस्य तथा पूर्वमन्त्री गिरिराजमणि पोखरेलले केपी शर्मा ओली निरन्तर पाँच वर्ष सत्तामा रहने हो भने निरङ्कुशता लाद्ने निश्चित रहेको बताए । सिरहाको गोलबजार नपा १२ बेतौनामा पार्टीको वडा अधिवेशन उद्घाटन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै नेता पोखरेलले सत्तामा रहँदा उनले गरेका व्यवहारले यसको पुष्टि भएको उनले बताएका हुन् ।betauna betauna  1 betauna 2
मूलुकलालाई पछाडी फर्कान सरकारमा रहेकाबेला उहाँले गरेका कामहरुले प्रष्ट पारेको नेता पोखरेलले जिकिर गरे । उनलेभने, ‘मुलुकलाई फछाडी फर्काउने र निरंकुशतातर्फ धकेल्ने कदमको सुरुवात उहाँले प्रतिनिधीसभा विगटन गरेर गरेका थिए, तर हामी त्यसलाई रोक्न सफल भयौं ।’
संसद पुरस्थापना पछि राजनीति फेरि लिकमा आएको उनको भनाई थियो । मन्तवयकै क्रममा नेता पोखरेलले केपी ओली बोली र व्यवहारमा फरक व्यक्तित्व भएको बताए । उनले जनता सामुएउटा कुरा गर्ने र बालुवाटारमा र का प्रमुखसँग बसेर अरुनै काम गर्ने गरेको आरोप लगाए ।
आफैले विघटनगरेको संसदमा अहिले ‘संसद संसदिय मर्यादा अनुसार चलेन’ भन्दै नेकपा एमालेले संसदलाई बन्धक बनाएको उनको कथन रहेको छ । संसद नचल्दा अति आवश्यक कानुनहरु बन्न नसकेको नेता पोखरेलको भनाई छ ।
सोही क्रममा नेता पोखरेलले एमसीसी आवश्यक संशोधपछिमात्र पास गर्ने आफ्नो पार्टीको नीति रहेको जनाए ।
पर्टी प्रवेश कार्यक्रममा नेकपा एमाले, नेपाली काँग्रेस लगाएतका पार्टीपरित्याग गरि सयौंको संख्यामा नेकपा माओवादी केन्द्र प्रवेश गरेको आयोजकले जनाएको छ । विभिन्न दलबाट ४ सय ५० भन्दा बढी स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारण आफ्नो पार्टी प्रवेश गरेको वडा कमिटिले जनाएको छ ।
कार्यक्रममा माओवादी नेता तथा पूर्वमन्त्री विश्वनाथ साह, प्रदेश सासंद रामकुमार यादव, गोलबजार नगरपालिकाका मेयर देवनाथ साह, प्रदेश सदस्य प्रवेश लामा, रामचन्द्र महतो लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।