वीरगञ्ज, ३० कात्तिक । परिवर्तनकालागि सिँहदरवारमै आन्दोलन गर्नुपर्ने अवस्था आएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) कावरिष्ठ नेता राजेन्द्र महतोलेबताएका छन् । विगतमा मधेश केन्द्रित आन्दोलनको असर काठमाडांैमा नपरेको बताउँदै नेता महतोले अब काठमाडांै र सिँहदरवार केन्द्रित आन्दोलन गर्ने बताए ।
वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीसँग कुराकानीगर्दै नेता महतोले विभिन्न जातजाती र समुदायको बसोबास रहेका नेपालमा एकल जातिय सोच र चिन्तनबाट सत्ता सञ्चालन गर्नु नै प्रमुख समस्या भएको बताए ।
सोही क्रममा नेता महतोले न्यायलयको गरिमा जोगाउनकालागि भएपनि प्रधानन्याधीश चोलेन्द्रशमशेर जबराले अविलम्ब राजीनामादिनुपर्ने बताए । राजीनामादिएर न्यायलयसँगै देशलाई पनि सफल बनाउनुपर्ने महतोको जोड थियो ।
न्यायालय सेटिङमा चलिरहेको र त्यसको प्रमुख जिम्मेवार प्रधानन्यायधीश जबरा नै भएको भन्दै नेता महतोले जबराले सेटिङमै फैसलागर्दै आएका कारण नै कानुनव्यवसायी र न्यायाधीशहरुले जबराको राजीनामामागेको बताए ।
महत्तोले कांग्रेस, एमाले र माओवादीले पनि सेटिङमा न्यायालयलाई चलाइरहेको आरोप लगाए ।