सिरहा,२९ कार्तिक । प्रदेश नं.२ का भौतिकतथापूर्वाधार विकास मन्त्रीरामसरोज यादवले सारश्वर घाटको कमलानदिमाझोलुङ्गेपुलनिर्माण गर्न प्रभावकारी पहल गर्ने बताए । सिरहाको सारश्वरमा लाग्ने ३५ औं झण्डा मेला उद्घाटन गर्दै त्यस्तो कुरा बताएकाहुन् ।
सिरहा र धनुषा जोड्ने कमलानदिमाझोलुङ्गेपुलनहुँदादुबैतिरका सर्वसाधारणलाई आवतआवत गर्न कठिनाई भइरहेको कुरालाई ध्यानमा राख्दै पुलनिर्माणको लागिप्रभावकारी पहल गर्ने उनले जनाए । कमलानदि छेउमा रहेकाबासिन्दाहरुलाई बर्षातको मौसममा धेरै पिडा सहनु परेको बताउँदै उनले भने,‘झोलुङ्गेपुलनिर्माण सम्पन्नभएर त्यस्ता समस्याहरुको न्यूनीकरण हुने छन् ।’
झोलुङ्गेपुलनिर्माणसँग हुलाकी राजमार्गमा पर्ने निर्माणाधिन कमलानदिको पुलनिर्माणका लागिपहल गर्न मन्त्रीमार्फत प्रदेश सरकारलाई नेपालीकाँग्रेसका जिल्ला सभापति रामचन्द्र यादवले बताए । सुचारु नहुँदै निर्माणाधिन पुलभत्केको भन्दै अर्को स्थानमाहुलाकी राजमार्गमा सिरहा र धनुषा जोड्ने गरी पुलनिर्माणका लागिप्रभावकारी पहल गर्न उनले प्रदेश सरकारसँग आग्रह गरे ।
जय हनुमान सेवा समितिकाअध्यक्ष जीवछ गुप्ताको अध्यक्षतामाभएको ३५ औं झण्डा मेला उद्घाटन समारोहमानेपालीकाँग्रेसका नेता उपेन्द्र यादव, समितिका सचिवविनोद चौधरी, सिरहानगरपालिका वडा नं.१२ का वडाध्यक्ष सत्रुधन साहलगायतले झण्डा मेलाको महत्वबारे आआफ्नो विचार व्यक्त गरेका थिए ।
कार्तिक २९ बाट सुरु भएर झण्डा मेलामंसिर ३ मा समापनहुने मेलाआयोजक कमिटिका अध्यक्षभोगेन्द्र साहले बताए । मेला राष्ट्रिय रोमा न्यौपाने, रुद्रसेन वि.क.सहितविभिन्नकलाकर्मीद्वारा सांस्कृतिककार्यक्रम प्रस्तुती, लोकगाथाका मैथिलिनाचआल्हा रुदल, ग्रामिण मौलिकताका धरोहर कुस्तीप्रतियोगीता, झरनी खेल लगायतकाअन्यकार्यक्रमहरु आयोजना गरिएको उनले बताए ।
उनकाअनुसार मेला सम्पन्न गर्न ५ देखि ७लाखसम्मखर्च हुने छन् । गाउँघरका स्थानीयबासिन्दातथाअन्य व्यक्तिबाट सहयोग मागेर खर्चको बन्दोवस्ती गरिएको उनले थपे ।