सिरहा, २९ कात्तिक । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको लागि सिरहाबाट १६ जना प्रतिनिधी सर्वसम्मत छनोट गरेका छन् । आउँदो मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने भनिएको महाधिवेशनको लागि जिल्लाका चार निर्वाचन क्षेत्रबाट १४ र २ जना दलित प्रतिनिधी सहित १६ जना सर्वसम्मत छनोट भएका हुन् ।
निर्वाचन क्षेत्रनम्वर १ बाट ३, २ बाटा ४, ३ बाट ४ र ४ नम्वर निर्वाचनक्षेत्रबाट ३ जना प्रतिनिधी छनोट गरेको पार्टीका जिल्ला अध्यक्ष चन्देश्वर मण्डलले जानकारी दए । निर्वाचन क्षेत्र १ बाट राजेन्द्र चौधरी, रामशंकर यादव, सीता चौधरी, २ बाट नरेन्द्रराज पोखरेल, रामऔतार यादव, रामइश्वर साह, निर्मला बाँसतोला महादिवेशन प्रतिनिधी छनोट भएका छन् ।
त्यसैगरी, क्षेत्र नम्वर ३ बाट चन्देश्वर मण्डल, नविन यादव, पुष्पलाल पाख्रिन र आशा यादव, क्षेत्र नं. ४ बाट रामपुकार साह, प्रदिप महासेठ, कल्याणी ढुङ्गाना र समावेशी अन्तर्गत दलितबाट रामस्वरुप सदा र रामप्रित राम महादिवेशन प्रतिनिधी छानीएका छन् ।