मुकेश कुमार यादव

सिरहा ,२८ कात्तिक । सडक डिभिजन कार्यालय, लहान र ठेक्केदार कम्पनिको मिलोमतोमा सडक निामार्णको काम गुणस्तरहिन भैइरहेको पाइएको छ । सिरहाको गोलबजार नगरपालिका ६ स्थित गोलचक्र देखि उत्तर लामा टोल सम्म ७ सय मिटर लम्बाई र ११ मिटर चोडाई सडक कालोपत्रे कार्यमा डिभिजन कार्यालय लहान र विकास निर्माण सेवा, मिर्चैयाको मिलोमत्तोमा गुणस्तरहिन कामभइरहेको स्थानीयले आरोप लगाएको हो ।GBR 3 1 GBR 1 4
स्थानीयका अनुसार सव वेश, ग्राइभेल, बेस र प्राइमकोट लगाएतको काम गुणस्तरहिन गरिएको छ । माटो, बालुवा र गेगर मिसिएको ग्रइभेल हुनुपर्ने भएपनि नजिकैको खेतबाट माटोको मात्रा बढी भएको ग्राइभेल लगाएको स्थानीय वल्लु लामाले बताए । उनले केही भागमा गरेको कालोपत्रे पनि कतिपय ठाउँमा उपक्नि थालेको जनाए ।
कामको गुणस्तरको विषयमा कुरा उठाउँदा उठाउँदैपनि ठेकेदारले पेलेरै काम गरेको स्थानीयको भनाई छ । ‘हामीले अन्य ठाउँमा भएको सडकको कामजस्तो नदेखिएपछि कुरा उठाउँदा उठाउँदै जवरजस्ती गरे, हामीले रोक्न खोज्यौं तर उनले हाम्रो कुरै सुनेनन्; स्थानीय संतोष साहले गुनासो पोखे । साहका अनुसार ‘सव वेस र वेसमा माटोको मात्रा बढी देखिएकोले हामिले पटक–पटक इनिजिनियर तथा ठेक्केदार कम्पनिलाइ समेत जानकारी गराउदा कुनै टेरपुछ्र नलगाइ माटोमै प्राइम हालेको छ ।’
उनले थपे प्राइम उपकेर माटो धुलो भएको छ त्यसैमाथि कालोपत्रेको काम भईरहेको छ ।
सडक निर्माण कार्य गुणस्तरहिन भएकोले स्थानियहरुको व्याप्क बिरोध पश्चात सडकका साइड इन्जिनियर चन्द्रकान्त चौधरी निर्माण स्थल पुग्दा उनले पनि काम गुणस्तरहिन भएको स्वीकारे । उनले, ‘यो निर्माण कम्पनिको सरासर लापर्वाही हो, राम्रोसँग वेस नगरीएको र प्राइमकोट पनि गुणस्तरिय नभएको भन्दै तत्काल काम रोकि लगाइने बताए ।
इजनियर चौधरीका अनुसार अनुमति विनानै ठेक्केदारले हतार–हतार पिच गर्ने गरेको छ, यो उसको बदमासी हो । उनले आफू अन्य कार्यव्यस्तकाका कारण यहाँ आईपुग्न सकेका कारण केही त्रुटि भएको भन्दै तत्काल काम अगाडी नबढ्ने बताए ।
सडक डिभिजन कार्यालयले आ.व.२०७७÷०७८ मा उतm सडक निमार्णका लागी ५ करोडको ठेक्का आवहान गरेको डिभिजन कार्यालयका प्रमुख राम कुमार देवले जनाएको छ । उनले सडक निमार्णका लागी सिरहाको विकास निमार्ण सेवा र जे एन एसको जेभिमा ४५ प्रतिशत विलोमा टेन्डर स्वीकार गरेको जनाए ।
पाचँ करोडको ठेक्का ठेक्केदारले सहजै रुपमा २ करोड १९ लाखमा कवुल गर्नु र कमसल कार्य काम गरेतापनि कार्यालयले निगरानी नगर्नु ‘मिलोमतो’ को गन्ध देखिएको स्थानीयको भनाई छ ।
डिभिजन कार्यालयको अधिकाशं ठेक्का विकास निमार्ण सेवा मिर्चैयाले नै लिनुले कार्यालय र ठेक्केदार कम्पनीको मिलोमतो रहेको पुष्टि गरेको बताइन्छ ।
यता ठेक्का पाएका विकास निमार्ण सेवाका प्रोप्राइटर ठेक्केदार मन्टुन साहले आफुले स्टिमेट अनुसार नै काम गरेको बताएको जिकिर गरेको छ ।