रोहित कुमार मण्डल
सप्तरी, २८ कार्तिक । सप्तरीको सुरुङ्गा नगर पालिका –११ वडा महेशपुरमा जनता समाजवादी पार्टि सप्तरीले ४१ जना सदस्य वडा कार्य समिति चयन गरेको छ ।
वडा कमिटि अध्यक्ष राजकुमार चौधरीको सभाअध्यक्षतामा भएको सो वडा कार्य समिति गठन कार्यमा महेन्द्र प्रसाद चौधरी, मोहम्द साबिर हुसेन, दिनेश यादव,बिभाष यादव लगायत जिल्लाका कार्यकर्ताको उपस्थिति रहेको थियो । वडा कार्य समितिको अध्यक्ष पदमा छेदि मण्डल, उपाअध्यक्षमा नथुनि मियाँ, कोषाअध्यक्ष पदमा निर्मला चौधरी, सचिवमा दुर्गानन्द चौधरी चयन भएका छन् ।
यस्तै सदस्यहरुमा क्रमशः राम कुमार चौधरी, इन्द्रलाल चौधरी, सनि मण्डल र शिव कुमारी चौधरी चयन भएको जसपाका मोहम्द अलिहसनले जानकारी दिनुभयो । कार्यकर्तालाई सम्बोधन गर्दै मोहम्द साबिर हुसेनले अगामी चुनावमा जनता समाजवादी पार्टि सप्तरीको तर्फबाट सप्तरीको सुरुङ्गा नगर पालिकामा मेयरको पदमा आफूले दाबि दिने उनले बताए ।