सुरेश राय
सिरहा, २४ कात्तिक । छठपर्वको आज तेस्रो तथा मूखय दिन ब्रतालुहरुले अस्ताउँदै गरेको सूर्यलाई अघ्र्य दिएर मनाएका छन् । विभिनन ध्वजा पताकाहरुले सिङ्गारीएका पोखरी, नदी किनार तथा जलाशयमा ब्रतालुहरु पुगेर अस्थाउँदै गरेको सूर्यलाई पर्वका लागि तयार पारिएका ठेकुवा, केरा, भुसुवा लागायत विभिन्न प्रकारका फलफलूल तथा प्रसादहरुको अघ्र्य दिनेकार्य सम्पन्न भएको हो ।
अहिले सिरहाका पोखरी, तलाउ, नदी तथा जलासयहरु दुलहीझै सिंगारीएका छन् । चार दिन सम्म ब्रत बसेर मनाइने छठ पर्वको आज तेस्रो मुख्य दिन (षष्ठी) हो । आज अस्ताउँदै गरेको सूर्यलाई अघ्र्यदिई रातभर छठ घाटमै जागराम वस्ने गर्दछ । छठघाटमा विभिन्न छठ सम्वन्धित गीत संगीत, कथा कहानी सुनेर, हेरेर भक्तजनहरु रात विताउने गर्छन् । भोली सप्तमीको विहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठ सम्पन्न हुन्छ ।
छठ पूजाका लागि गहुँ र चामल ओखल, जाँतो वा ढिकीलाई चोखा नितोगरी कुटान–पिसान गरी त्यसबाट तयार पारिको ठेकुवा, भुसवालगायत विभिन्न परिकार बनाउने गरिन्छ । सोही दिन अन्नबाहेक फलफूल, ठकुआ, भुसवा, खजुरी, पेरूकिया तथा मूला गाजर, बेसारको बोट, उखु, ज्यामिर, नरिवल, सुन्तला, केरा सहित उपलब्ध भएजती फलफल, नाङ्गलो, कोनिया, सरबा, ढाकन, माटोको हात्ती ठूलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्यहरु विभिन्न भक्ति एवम् लोकगीत गाउँदै पोखरी तथा जलाशयसम्म पुग्ने गर्छन् ।
छठका लागि बनाइएका परिकार पोखरी तथा जलासयको किनारमा राख्नु अघि बत्ती बालेर पाँचपटक ढोग्नुपर्छ । त्यस ठाउँलाई पवित्र पार्न परिवारका सदस्यले पहिले नै तान्त्रिक पद्धतिअनुसार अरिपन चित्र कोरेका हुन्छन् । त्यसपछि ब्रतालुले सन्ध्याकालिन अर्घका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म आराधना गर्छन् ।
यस क्रममा ब्रतालुले दुबै हत्केलामा पिठार, सिन्दूर, अक्षता र फूल हालेर अन्य अर्घ सामग्रीमा पालोपालो गरी अस्ताउदो र उदाँदो सूर्यलाई अर्पण गरेपछि आजको छठ पूजा सम्पन्न हुने गर्दछ ।