सिरहा, २४ कात्तिक । तराई मधेसमा हर्ष उल्लासका साथ मनाउने छठ पर्वको अवसरमा अहिले पोखरी, तलाउ तथा नदिकिनारहरु वेहुलिझै सिङ्गारिएका छन् । जलासयमै गएर छठको पुजा गरिने भएकाले पोखरी, तलाउ तथा नदिकिनारहरु सरसफाई गर्ने, केराको बोट, फूलमाला तथा ध्वाजा–पताका लगाएतले सिङ्गारिएको हो ।
सिङ्गारिएको पोखरी घाटमा तयार पारिएका सवै पूजासामाग्रीहरु वर्तालुहरु आजै पुग्ने छ । पुजा सामाग्रीहरु रातिभर पोखरी किनारमै राखेर रातभर भजन किर्तन गरेर वस्ने चलन रहेको छ ।
तिहारसँगै सूरुहुने छठपर्वको आज मुख्य दिन ‘अस्थाउँदो सूर्य’ अघ्र्यदिने भएकाले सवै जलासयहरु यतिखेर सिङ्गारिएका हुन् । भोली विहानको उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि पर्व समापन हुन्छ ।