सिरहा, २२ कात्तिक । डिभिजन वन कार्यालय लहानले भारीमात्राका सखुवाको चिरान बरामद गरेको छ । विशेष सूचनाको आधारमा मिर्चैया नपा ९ पुलिसपट्टाबाट ल्याउँदै गरेको अबस्थामा ५१ थान सखुवाको चिरान बरामद गरेको हो ।
चुरेक्षेत्रको बाटोहुँदैै अवैधरुपमा तस्करहरुले काठ ल्याउँदै गरेको भन्ने विशेष सूचनाको आधारमा त्यहाँ पुगेका सशस्त्र वन रक्षकको टोलिले काठ बरामद गरेको डिभिजन वन कार्यालय लहानका डिभिजनल वन अधिकृत सुभाष चन्द्र दासले जानकारी दिए ।
उनले बरामद काठ जङ्गलक्षेत्रमा यत्रतत्र छरिएको अवस्थामा फेला परेको दासले जानकारी दिए । विक्रिकोलागि ठिक्क पारिएर राखेको भन्ने विशेष सुचनाको आधारमा त्याँ पुग्दा कतै दुईवटा कतै चारवटा छरिएर राखेको अवस्थामा फेला परेको वन अधिकृत दासले बताए ।
दासले जिल्ला उदयपुरबाट चोरी पैठारी गरी सिरहातर्फ सखुवाको चिरान आउने गरेको बताए । काठको खङ्ख्या एकीन भएपनि नापजोख गर्न बाँकी रहेको बताए । भर्खरै काठ लिएर कार्यालयमा आईपुगेकोले भोली विहानमात्र नाम जोखहुने जनाएको छ ।
पक्राउ परेका काठ अहिलेको बजार भाउ अनुसार तीन लाख भन्दा मूल्यको रहेको बताइएको छ । यस सम्वन्धमा आवश्यक अनुसंधान भई रहेको डिभिजनल वन अधिकृत दासले जानकारी दिए ।