सिरहा, १४ कात्तिक । जनता समाजवादी पार्टी नेपालका संघिय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले वर्तमान संविधान संशोधन गरेर नयाँ ढङ्गले संघिय व्यवस्था स्थापना गर्ने बताएका छन् । जिल्ला पार्टीले सिरहाको गोलबजार ९ डण्डाटोलमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधनगर्दै नेता भट्टराईले वर्तमान संविधानले सवै वर्ग, क्षेत्र, समुदाय र लिङ्गलाई समेट्न नसकेकभन्दै संशोधन गर्नु जरुरी रहेको बताएका हुन् ।BBABURAM B 1 bb
सवै पार्टीहरुको संयुक्त प्रयासमा लोकतान्त्तिक गणतन्त्र स्थापना भएपनि सहि लोकतन्त्र स्थापना हुन नसकेको नेता भट्टराईले बताए । उनलेभने, ‘लोकतन्त्रमा सवै जाति, भाष, धर्म, मर्ग, समुदाय, लिङ्गको राज्यसत्तामा सामानुपातिक पहुँच हुनुपर्छ । तर आज निश्चित भाष, जाति त्यसमा पनि हुनेखाने, दलाल, सामन्तहरुकै बोलबाला भएकोले यो अवस्था फेर्न संविधान संशोधनमार्फत सामानुपातिक प्रतिनिधीत्वको सूनिश्चित जरुरी छ ।’
राज्यको हरेक अङ्गमा सामानुपातिक प्रतिनिधीत्वलेमात्र हिमाल, पहाड, तराईलाई एक जुटभएर अगाडी बढ्न सहयोग गर्ने नेता भट्टराईले दावी गरे । संविधान संशोनगनरी नयाँ व्यवस्था स्थापना गर्ने आफ्नो पार्टीको लक्ष्य रहेको उनले जिकिर गरे ।
नेता भट्टराई काग्रेस, एमाले, माओवादी केन्द्र अव वेतवसेको भैसीं पाल्नु जस्तै भएको व्यङ्ग्य गरे । उनलेभने, ‘काग्रेस एमालेहरु बेतवसेको भैंसी जस्तै हो, अव यस्ता वेत वसेको भैंसी पोस्नुो तुक छैन ।’
मन्तव्यकै क्रममा नेता भट्टराईले सरकार भ्रष्टाचारमा लिप्न रहेको आरोप लगाए । उनले पुराना भनिने पार्टीहरु भोकाएको बाघले सिकार लुछेजस्तै लुछाचुडीमा लागेका छन, यसलाई समाप्त पार्न पनि आफ्नो पार्टीको नेतृत्व जरुरी रहेको सुनाए ।
यही क्रममा नेता भट्टराइले आगामी निर्वाचनको तयारीमा लाग्न निर्देशन दिए । उनलेभने, ‘आउने स्थानीय, प्रदेश र संघिय निर्वाचनमा पार्टीलाई एकनम्वको वनाउन संगठन विस्तार, शुद्रिढिकरण र प्रजारमा जुट्नुस् हामीले आज गरेको मेहनतले भोली परिणाम दिने हो ।’
जिल्ला अध्यक्ष अशोक यादवको अध्यक्षतामा सम्पन्न स्वागत कार्यक्रममा पूर्व मन्त्रि तथा पार्टी नेता राजकिशोर यादव, रामरिझन यादव लगायत केन्द्रीय नेताहरुको उपस्थिति रहेको थियो । सो क्रममा विभिन्न पार्टी परित्याग गरी सयौंको संख्यामा जसपा प्रवेश गरेको बताइएको छ ।