सुरेश राय

सिरहा, १२ कात्तिक । प्रदेश–२ का आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साहले प्रदेश २ मा युवा दुर्वेशनी बढेको प्रति चिन्ता व्यक्त गरेका छन् । रामप्रताप रामप्रसाद तामाङ्ग जनता बहुमुखि क्याम्पस गोलबजारको सभाहल उद्घाटन गर्दै मन्त्री साहले प्रदेश नम्वर २ मा ठूलो सङ्ख्यामा युवाहरु लागु औषध दुर्वेशनीमा फसेको प्रति चिन्ता व्यक्त गरेका हुन् ।GBR RRTP 1.jpg 2
खुल्ला सीमाना, अभिभावहरुको ठूलो जत्था विदेश पलाएनका कारण युवाहरु लागुऔषध दुर्वेशनीमा फसेको मन्त्री साहले बताए । उनले लामो समयको लक डाउनका कारण कलेज, विद्यालयहरु बन्द रहँदा दुर्वेशनीको ग्राफ ह्वात्तै बढेको बताए ।
यही मात्रामा युवाहरु दुर्वेशनीमा लागे एउटा पुस्ता नै कोल्याप्स हुने अवस्था रहेको मन्त्री साहले औंल्याए । उनले यो अवस्थालाई नियन्त्रण गर्न सवै सचेत नागरिकको दायीत्व रहेको बताए ।
मन्त्री साहले दुर्वेशनमा फसिसकेका र अभिभावकले पनि मायाँ मारिसकेका युवाहरुलाई दुर्वेशन मुक्त गराउन प्रदेश सरकारले सेफ हाउस निर्माण गर्न सुरु गरेको बताए । उनलेभने, ‘अभिभावक पनि आजित भईसकेको र कतिपय अवस्थामा अभिभावकले बचाउनै सकिन्न भन्ने ठाउँमा पुगेको हामीले पायौं, त्यही भएर प्रदेश सरकारले त्यस्ता युवाहरुलाई सहि ठाउँमा ल्याउने सुधार गृह भनाउन लागेको हो ।’
मन्तव्यकै क्रममा मन्त्री साहले स्कूल कलेजहरुले पनि कुलतमा लागेका युवाहरुलाई सुधार गृहको काम गर्न सक्ने भन्दै कलेजहरुसँग पनि प्रदेश सरकार सहकार्यगर्ने योजना बनाईहेको बताए ।
उद्घाटन कार्यक्रममा पत्रकार तथा लेखक रामरिझन यादव, प्रदेश सासंद दिलिप साह, जगत प्रसाद यादव, स्थानीय तहका प्रमुहरुको उपस्थिति रहेको थियो ।
क्याम्पसमा प्रदेश सभा सदस्य जगत प्रसाद यादवको संसदिय विकासकोषको एक करोड ५ लाखमा रुपैयाँ लागतमा सभाहल तथा कलेजको साइकल स्टेन निर्माणको क्याम्पस प्रमुख किशोर कुमार साहले जानकारी दिए ।