बर्दिवास, ७ कात्तिक । २०७४ को स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा पदमा पराजित स्वतन्त्र उम्मेदवार चार वर्षपछि पुनःमतगणना हुँदा २ भोटले विजयी भएका छन् ।
महोत्तरीको मनरासिसवा नगरपालिका १० नम्वर वडामा पुनः मतगणणा हुँदा पहिलो मतगणणमा पराजीत स्वतन्त्र उम्मेद्वार रमेश राय २ भोटले विजयी भएका हुन् ।
२०७४ मा स्थानीय तहको निर्वाचनमा विजयी वडाध्यक्ष अरुण कुमार चौधरी भने चारवर्ष पछि २ भोटले पराजित भएको छ ।
२०७४ असोजमा भएको स्थानीय तहको निर्वाचनमा दुवैजनाले बराबर २६७/२६७ मत ल्याएका थिए ।
त्यसबेला गोलाप्रथा गर्दा नेपाली कांग्रेसका उम्मेदवार अरुणकुमार चौधरी विजयी भएका थिए । त्यसपछि वडाध्यक्षमा पराजित रमेश राय मतगणनामा धाँधली भएको भन्दै अदालत पुगेका थिए ।
उच्च अदालतले ०७५ असार २१ गतेको आदेशानुसार विवादित विषयको दोहो¥याएर मतगणना गर्न आजका लागि समय निर्धारण गरिएको थियो ।
उच्च अदालतले ०७५ असार २१ गते १५ दिनभित्र पुनः मतगणना गर्न आदेश दिएको फैसलाविरुद्ध वडाध्यक्ष चौधरी सर्वोच्चसम्म पुगेका थिए ।
सर्वोच्चले मुद्दाको सुनुवाइ गर्दै ०७७ चैत ६ गते उच्च अदालत जनकपुरको आदेशलाई सदर गरेको थियो ।
सर्वोच्च अदालतको आदेशमा जिल्ला निर्वाचन कार्यालय महोत्तरीले आइतबार दिउँसो उच्च अदालत जनकपुरमा मतगणना गरको हो ।