झापा, ७ कात्तिक । बीएण्डसी मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जससा केन्द्रीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईप्रतिको भ्रम टुटेको बताएका छन् ।
झापामा आइतबार एमालेले आयोजनाको गरेको पार्टी प्रवेश कार्यक्रममा प्रसाईंले भने, ‘आफ्नै टाउको मूल्य तोक्नेसँग सत्ताको गठजोड गर्नेहरूबाट राजनीति अघि बढ्न सक्दैन । देउवाले ५० लाखको टाउको तोकेको र आज तिनै देउवाको पाउमा पुग्ने प्रचण्ड र बाबुरामप्रतिको मेरो भ्रम टुट्यो ।’
प्रचण्ड र भट्टराईलाई माओको नाम लिने अधिकार नरहेको बताएका उनले उनीहहरूलाई कम्युनिस्ट भन्न लाज लाग्नुपर्ने टिप्पणी गरे ।