जनकपुर, ५ कात्तिक । खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुर कार्यालयका प्रमुख राजेश कुशवाहालाई दु्रव्यहार गर्ने जनमत पार्टीका १७ नेता कार्याकर्तामाथि प्रहरीले मुद्दा दर्ता गरेको छ । प्रहरीले कुशवाहामाथि दुरव्यवहार आरोपमा जनमत पार्टीका १७ जना नेता कार्यकतालाई अराधी प्रवेश तथा अपराधी उपद्रव शिर्षकमा मुद्दा दर्ता गराएका हो ।
विहीबार ६२ जनालाई पक्राउ गरेको भएपनि मुख्य १७ जना विरुद्ध मुद्दा र्ताभएको जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी डिएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।
प्रहरी स्रोतका अनुसार जनमत पार्टीका केन्द्रीय सदस्य वीरेन्द्र महतो, धनुषा अध्यक्ष ओमविक्रम कुशवाहा, विद्यार्थी जनमत संघका अध्यक्ष विजय यादव, सर्लाही जिल्ला सदस्य संजयकुमार सिंह, सिरहा जिल्ला सदस्य सौदी मण्डल, दुर्योधन यादव, प्रेमकिशोर यादव, धनुषा सबैला नगर संयोजक संजय प्रधानमाथि मुद्दा दर्ता भएको जनाएको छ ।
त्यसैगरी, धनुषा जिल्ला सदस्य धनिक लाल कापर, कैलाशप्रसाद साह, विक्रमकुमार साह, विद्यार्थी नेता महेशकुमार यादव, सिरहाका पार्टी सदस्य रामकरण यादव, दलित संघ सिरहाका सदस्य दिनेश रजक साफी, पार्टीका सिरहा कल्याणपुर नगरपालिकाका वडा सचिव अमरनाथ साह लगायमाथि मुद्दा चलाइएको वताइएको छ ।
राउतका नेता कार्यकर्ताले इन्जिनियर कुशवाहले आर्थिक अनियमिता गरेको र ढल खनेका खाल्डोहरु पुर्न पटक पटक अनुरोध गर्दा पनि नपुरेकाले जनकार्वाही गरेको जनाउँदै आएको छ ।