सुरेश राय
सिरहा, २७ असोज । शिक्षा बिज्ञान तथा प्रबिधी राज्यमन्त्रि बोदमाया यादबले शिक्षाक्षेत्र सुधारको लागि आफ्नो तर्फबाट यथासम्भव कोशिस गर्ने बताएका छन् । मन्त्री वनेपपिछ पहिलो पहिलो पटक सिरहा आएका यादवले नरहा गापा ५ पानबारीमा स्थानीय नेता कार्यकर्ताहरुसँग भेटघाटको क्रममा सामुदायीक शिक्षाको अवस्था दिनदिनै कमजोर भएको भन्दै त्यसका सुधारको लागि आफ्नो तर्फबाट सवैखालको प्रयास रहने बताएका हुन् ।
मन्तव्यकै क्रममा यादवले पछिल्लो राजनीतिक परिवर्तनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पमहल दहाल प्रचण्डको महत्वपूर्ण योगदान रहेको बताए । उनले यहाँसम्म देशलाई पुर्याउन उनको योगदान रहेको जिकिर गरे ।
भेटघाटको कार्यक्रममा महिलाको उपस्थिती देखेर सरै खुशी भएको मन्त्री यादवले बताए । सोही क्रममा उनले उपस्थित सम्पुर्ण साथीहरुलाई बिजयादश्मी, दिपावली तथा छ्ठ पर्वको सुबकामना समेत दिए ।
भेटघाट कार्यक्रममा माओवादीका प्रदेश कमिटीका सदस्य रामचन्द्र महतोले भने शिक्षा क्षेत्रमा नै सबभन्दा बढि कर्मचारी रहेपनि अवस्था लथालिङ्ग रहेको बताए । पउनले शिक्षा क्षेत्र सुधारको लागि मन्त्तीसँग आग्रह गरे ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधी तथा माओवादी केन्द्रका नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।