गमक पोष्ट समाचारदाता

काठमाडौं, २२ भदौ । जनता समाजवादी पार्टी (जसपा) ले मन्त्रीको लागि चार जनाको नाम प्रधानमन्त्रीलाई बुझाएका छन् । मन्त्रीको लागि वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ, रेणू यादव, रामसहायप्रसाद यादव र प्रमोद साहको नाम अध्यक्ष पार्टी अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री सेरहादुर देउवालाई बुझाएका हुन् ।
सिफारिस गरिएका नामहरुमध्ये राजेन्द्रले संघीय मामिला तथा सामान्य प्रशासन, रेणूले भौतिक पूर्वाधार तथा यातायात, रामसहायले वन तथा वातावरण र प्रमोदले कृषि तथा पशुपंक्षी मन्त्रालय पाउने भएको बताइएको छ ।