डा. केदार कार्की

केपशु चिकित्सकरहित विश्वको कल्पना गर्न सकिन्छ ? एडवार्ड जेनरले एउटा बिफरबाट ग्रसित बच्चालाई गाईको बिफरको विषाणु लगाएका थिए । जसका कारण मानिस एवं पशुमा खोप लगाउन सुरु गरियो । यस प्रकार रोगको रोकथाम एवं नियन्त्रणको अनुलनीय खोज पनि पशुचिकित्सकले नै गरेका हुन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार मानिसमा लगभग १७ प्रतिशत सङ्क्रामक रोगहरू वाहकबाट फैलिन्छन् ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार धेरैजसो खाद्य जनित रोग पशुजन्य सङ्क्रामक रोगबाट खाद्य पदार्थको माध्यमबाट फैलिने गर्छन् । यस प्रकारका प्रकोपको परीक्षणमा पशुचिकित्सा सेवाले महìवपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । चिनियाँ वैज्ञानिक एकेडेमीकाअनुसार खाद्य आहारजनित पशुजन्य रोगसँग लड्नका लागि निगरानी प्रणाली, जोखिम मूल्याङ्कन एवं उचित प्रबन्ध प्रणालीको स्थापना गरिनुपर्छ । यसको अतिरिक्त प्रभावी रोकथाम र नियन्त्रण रणनीति विकसित गर्नका लागि जनस्वास्थ्यकर्मी, पशुचिकित्साकर्मी तथा खाद्यसुरक्षा विशेषज्ञहरूबीच रचनात्मक वार्ता एवं सहयोग आवश्यक हुन्छ । पशुचिकित्सक एक शृङ्खलाजस्ता हुन्, जसले ज्ञान विशेषज्ञताको मापदण्डका आधारमा पशुको स्वास्थ्य एवं तिनको कल्याण र जनस्वास्थ्य परीक्षण गर्छन् । दूध, फूल तथा मासु मानवीय आहारमा पर्छन् भने यी पदार्थ स्वस्थ हुन उत्तिकै आवश्यक हुन्छ ।
राम्रो पशु कल्याण राम्रो खाद्य सुरक्षाको प्रतीक मानिन्छ । सार्वजनिक जनस्वास्थ्य, पशुस्वास्थ्य तथा पशुकल्याण वास्तवमा एक अर्कासँग जोडिएका छन् । तनावग्रस्त पशुमा रोगबाट सङ्क्रमित हुने अधिक सम्भावना रहन्छ र पशुचिकित्सा उपचारको आवश्यकता पर्छ । कुनै पनि प्रकारको तनावले पशुजन्य उत्पादनमा अवशेषको उपस्थितिमा वृद्धि गराउँछ । जुन जनस्वास्थ्यलाई प्रभावित गर्न सहायक मानिन्छ ।
पशुपालकको जिम्मेवारी हुन्छ कि तिनका पशुजन्य उत्पादन झारपात नाशक, कीराफट्याङ्ग्रा नाशक तथा पशुचिकित्सा औषधिबाट अवेशषमुक्त होऊन् । यसका साथै तिनले यो सुनिश्चित गर्नुपर्छ कि पशुस्वास्थ्य, पशुकल्याण या पशुजन्य सङ्क्रामक रोगसँग जोडिएको जोखिमलाई मात्र विशेष रूपले तयार गरिएको पशुस्वास्थ्य योजनाअन्तर्गत नै योजना तयार गरी उपभोक्तालाई आश्वस्त गर्न सक्छन् । पशु एवं मानिसमा रोग निरोधक औषधिको प्रयोग हुन्छ तर हामीले पशु एवं मानवीय कल्याणलाई पनि बिर्सन हुन्न ।
पशुहरूप्रति हिंसात्मक व्यवहार गर्ने मानिसमा अन्य मानिसप्रति पनि हिंसात्मक व्यवहार गर्ने प्रवृत्ति हुने गर्छ भन्ने धारणा मनोविद्हरूको रहेको छ । यो विश्वास सत्यसिद्ध छ कि, एउटा हिंस्रक व्यक्तिले कैयौँ पशु तथा मानिसलाई पनि हानि पु¥याउन सक्छ । एउटा आश्रय गृहमा सहारा लिएका ३८ पीडितहरूमा गरिएको सर्वेक्षणमा ७१ प्रतिशत महिलाले बताएका छन् कि तिनका साथीले आफ्नो पाल्तु जनावरलाई पिट्ने गर्दथे या तिनलाई घाइते बनाउँथे कतिले त मार्थे पनि । यस्तो प्रकारको अध्ययनमा पशुप्रति हिंसा गर्नेले मानिसमा पनि हिंसा प्रदर्शन गर्ने जोखिम बढी देखिने गरेको पाइन्छ ।
पशु चिकित्सकले पशुमाथिको क्रुरताको परीक्षण तथा अभियोजन पक्षमा महìवपूर्ण भूमिका निर्वाह गर्छन् । यिनले संदिग्ध पशु दुव्र्यवहारको सम्बन्धमा संवाददाताको रूपमा काम गर्छन् । चिकित्सकीय जाँचको बेला परीक्षक र परीक्षणको बेला विशेषज्ञको साक्षी हुने गर्छन् । पशु चिकित्सकले पशुपालकलाई आफ्नो फार्म तथा गोठमा पशुलाई दिइने औषधिको सही अभिलेख राख्नका लागि प्रेरित गर्छन् । जसले गर्दा पशुजन्य उत्पादनमा यी औषधिको अवशेष नजाओस् भन्ने हुन्छ । औषधिप्रति रोग प्रतिरोधक क्षमताका कारण औषधि प्रतिरोधक रोगी पशुजन्य खाद्य उत्पादनलाई पशु चिकित्सकको सहायताले मात्र उचित औषधिको प्रयोगले हटाउन सकिन्छ ।
यस शताब्दीको आरम्भमा गम्भीर सङ्क्रामण रोगहरू अर्थात् सार्स, एभीएन इन्फ्लुएन्जा, एच ५ एन र अन्य पशुजन्य महामारीले मानिसमा एवं सङ्क्रामक पशुमा महामारीको कारकको सम्बन्धतर्फ ध्यान आकर्षित गरेको छ । अहिलेको कोभिड–१९ बारे चर्चा गर्न हतार नगरौँ ।
यी महामारीले एक स्वास्थ्यको सिद्धान्त लागू गर्ने बहुआयामिक कार्यदलद्वारा यस्ता रोगको वैश्विक नियन्त्रण कार्यलाई प्रेरित गरेको छ । यसैगरी, एक विश्व एक स्वास्थ्यलाई सकारात्मक रूपले अवश्य नै सोच्नुपर्ने हुन्छ । ऐतिहासिक तथ्यलाई सकारात्मक रूपले प्रतिविम्बित गरियो भने यो स्वयंसिद्ध होला कि आजको पशु चिकित्सा व्यवसाय तथा भविष्यमा एक स्वास्थ्यको नीतिमा राम्रो तरिकाले प्रशिक्षित हुनुपर्ने हुन्छ । एक स्वास्थ्यको जटिल चुनौती समाधान गर्नका लागि बहुआयामिक दृष्टिकोणको बलियो पैरवी गर्नुपर्ने हुन्छ ।
पशु चिकित्सकहरू पशुमा आहारजनित रोगहरू जस्तै– विभिन्न प्रकारका तìवको कमी अथवा विषाक्तताको लक्षणसँग राम्रोसित परिचित हुन्छन् । आहारजनित रोगलाई उचित आहार प्रबन्धद्वारा नियन्त्रण गर्न सक्षम हुन्छन् । पशुजन्य उत्पादनमा कुनै झारपात नाशक, किटनाशकको अवशेषबाट उत्पन्न रोगको पहिचान गरेर प्रभावित पशुको दूध, फुल, मासुलाई मानवीय सेवनका लागि वर्जित गर्न सकिन्छ । यसले गर्दा सम्बन्धित परिवार यसको दुष्प्रभावबाट बच्न सक्छन् र जनस्वास्थ्य सुरक्षित हुन्छ । पशुपालकलाई घाँस तथा कृषिका अन्य उप–उत्पादनमा भएको विषालु पदार्थको उपभोग गर्नबाट बच्न सल्लाह पनि दिन्छन् । यस प्रकारले हेरियो भने पशुचिकित्सकहरू एक विश्व एक चिकित्सा तथा एक स्वास्थ्यको परिकल्पना पूरा गर्न सहायक छन् भन्न सकिन्छ ।
पशु चिकित्सा अनुसन्धानअन्तर्गत पशुका रोगको रोकथाम, नियन्त्रण, उपचार तथा निदानमाथि अनुसन्धान गर्न सकिन्छ । पशु चिकित्सा अनुसन्धानमा पशुको मूलभूत जीवविज्ञान, कल्याण एवं हेरचाहबारे पनि अनुसन्धान गरिन्छ । पशु–जनसमुदाय एवं पशु–मानव दुवैमा चिकित्सकीय अनुसन्धान गर्न सकिन्छ । जसमा खाद्य सुरक्षा, वन्यजन्तु तथा पारिस्थितिक जनस्वास्थ्य, पशुजन्य रोग तथा सार्वजनिक नीति आदि सामेल छन् । यस प्रकारले पशुचिकित्सा अनुसन्धानमा प्रजातिको सीमाभन्दा बाहिरको काम पनि हुने गर्छ ।
पशुआहारमा अवस्थित घातक तìव तथा रोग पशुजन्य उत्पादन, दूध, फुल, मासु आदिमा जानाले जनस्वास्थ्यलाई क्षति पु¥याउँछ । कृषिमा उपयोग गरिने रसायन घाँस, पराल, दानाको माध्यमबाट पशुको शरीरमा प्रवेश गर्छ र पशुजन्य पदार्थको माध्यमबाट खाद्य आधारमा पुगेर जनस्वास्थ्यलाई प्रभावित गर्छ । मानिसमा हुने दाद, लुतोजस्ता रोग पशुसँग सीधा सम्पर्क गर्नाले फैलिन्छ । पीतज्वरो बाँदरलाई लामखुट्टेले टोक्दा सर्छ । बर्डफ्लू, प्लेग, सिटेकोसिस पशुसँग निकट सम्पर्कबाट फैलिन्छ । बोभाइन स्पोंजिफोरम, इन्सेफलाइटिस, ई. कोलाई, सालमोनेला एवं एनथ्रेकस इत्यादि दूषित भोजन खानाले फैलिन्छ । रेबिज कुकुर, बिरालोले टेक्दा फैलिन्छ । नेपालमा २००८ मा पहिलो पटक देखिएको बर्डफ्लु उतिबेलै नियन्त्रण गरिएको थियो तर यस्ता रोग बेलाबेलामा देखिने गरेका छन् ।
लोप हुँदै गएका वन्यजन्तु प्रजातिहरू यतिबेला चिन्ताको विषय भएको छ । तिनलाई प्रतिस्थापन गर्नु अति आवश्यक छ । अन्यथा यस्ता प्रजाति विलुप्त नै हुनेछन् । पशुधनको गुणवत्तामा लगातार प्रयासरत पशुचिकित्सक पशुपालकको गुणवत्ता सुधारका लागि कृत्रिम गर्भाधानको कार्य गर्छन् जसबाट पशुको उत्पादन पढोस् र पशुपालक सदैव राम्रो आजीविकातर्फ अग्रसर रहुन्
भन्ने हुन्छ ।
समयअनुसार यदि पशुपालकलाई धनको आवश्यकता परेमा तिनले आफ्नो पशुधन बेचेर धन आर्जित गर्न सक्छन् । त्यसैले भनिन्छ, भुर्राजर्सी, बाखरी, धराने बङ्गुर, कुखुराको गोठ, दूध, फुल, मासु, बेच्दा नोटैनोट । दुःखको कुरा त के भने समाजमा अझै पनि भन्ने गरिन्छ, जाबो पशु डाक्टर ! यथार्थमा भने यी पेसाकर्मी पशुका मूल्यवान डाक्टर हुन् र मानव–पशुबीच सुसम्बन्ध कायम राखेर आधुनिक समाज निर्माणमा महìवपूर्ण भूमिका खेल्दै आएका छन् ।

                                                                                                गोरखापत्र अनलाइनबाट ।