सिरहा, १२ मंसिर। दलित महिला केन्द्र नेपाल (सीडीडव्लूएन)का कार्यकारी निर्देशक तेजेन्द्र लामा (कुमार)ले गैरसरकारी संस्थाहरु दाताहरुले पैसा दिए जस्तोसुकै काम गर्न तयार हुनेगरेको बताए। अपाङ्गता अधिकार मञ्च, गोलबजारको उद्घाटन कार्यक्रममा बोल्दै उनले धेरै गैरसरकारी संस्थाहरु दाताले भने जस्तोसुकै कामगर्न तयार हुनेगरेको बताए।
उनले ती योजनाहरुले हाम्रो समाज रुपमान्तरणको क्षेत्रमा टेवा पुर्याउँछ की पुर्याउँदैन, त्यसमा पनि ध्यान जानु पर्ने औंल्याए। उनले भने, ‘हामी आवश्यकतामा आरित भएर काम गर्ने कि, अधिकारको लागि काम गर्ने भन्ने विषयमा स्पष्ट हुनु पर्छ। हामीले हाम्रो आवश्यकतालाई ध्यानमा राखेर अधिकारको क्षेत्रमा कामगर्नु उत्तम हुन्छ।’
सोही क्रमममा लामाले कामगर्दा प्रतिस्पर्धा भन्दा पनि सहकार्य र समन्वयमा जोड दिनु पर्ने बताए। मन्तव्यकै क्रममा उनले अपाङ्गताको अधिकारको क्षेत्रमा प्रत्यक्ष फाईदा हुनेगरी सहयोग गर्ने आश्वासन समेत दिए।
विशेष गरेर यसमा स्थानीय तहले बढी जिम्मेवारी लिनुपर्नेभन्दै अपाङ्गताभएकाहरुको वृत्तिविकासको लागि पनि पालिकालेसँग समन्वय गर्नुपर्ने सुझाए।
लामाले गैरसरकारी संस्थाहरुलाई हेर्ने गलत नजरीयामा परिवर्तन ल्याउनु पर्ने बताए। उनले भने, ‘आफ्नो स्रोतबाट चल्ने अबस्था नहुँदासम्म सहयोग लिनु पर्ने बाध्यता हुन्छ। त्यसलाई सहि उपयोग गर्ने हाम्रो जिम्मेवारी हो। गैरसरी संस्थामात्र हैन सरकार पनि अहिले सहयोगबाटै चलनेको छ। यसलाई एकपक्षिय भएर हेरिनु हुनन्।’
सशस्त्र प्रहरी बल गोलबजारका प्रमुख डीएसपी दिपक राज बस्नेत, पत्रकार अर्जुन थपलिया, वडा नम्वर ४ का वडाअध्यक्ष सकलदेव यादब, ६ का वडाअध्यक्ष सञ्जित लामा, समाजसेवी दिपेश मोक्तान, अधिकारकर्मी शिवकुमार महरा, शिक्षक प्रदिप साह, मुक्ति नेपालका धिरेन्द साह, गोलबजार खानेपानि तथा सरसफाई समितिका अध्यक्ष जिबछ साह लागयतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
संस्थाका अध्यक्ष उमेश बरालको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको सञ्चालन कसम लामा र स्वागत सचिव हरिनारायण तामाङ्गले गरेका थिए।






















