गमक पोष्ट समाचारदाता
जनकपुर, २० असोज । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दुईतिहाइको समर्थन पाएका छन् । जनता समाजवादी पार्टी (जसपा) विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बनेपछि दोस्रो पटक मुख्यमन्त्री बनेका राउतले बुधबार लिएको विश्वासको मतमा दुईतिहाई पाएको हो ।
प्रदेशसभामा भएको मतदानमा राउतको पक्षमा ७७ मत परेको छ । यो कुल एक ४ प्रदेशसभा सदस्य संख्याको दुईतिहाइ हुन आउँछ ।
राउतलाई उनकै दल जसपासँगै सरकारमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र नेकपा एकीकृत समाजवादीका सांसदहरुले मत दिएका छन् ।
उनको विपक्षमा २३ मत परेको छ । राउतको विपक्षमा लोसपा र नेकपा एमालेका सांसदहरुले मत दिएका हुन् । बुधबारको मतदानमा प्रदेशसभाका एक सय सदस्यले भाग लिएका थिए ।hiro kodasi mela  10x12