गमक पोष्ट समाचारदाता / काठमाडौं, २० असोज । नेकपा माओवादी केन्द्रले तीन मन्त्री र एक राज्यमन्त्री टुंगो लगाएको छ । माओवादी केन्द्रबाट देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वर गहतराज मन्त्री बन्ने भएका छन् भने बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय भएको छ । मन्त्री बन्नको नाम टुङ्गो लागेपनि मन्त्रालयभने अझै टुङ्गो लाग्न बाँकी रहेको बताइएको छ । माओवादी केन्द्रबाट यस अघि जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बनिसकेका छन् ।