गमक पोष्ट समाचारदाता

वीरगञ्ज, १७ असोज । जनता समाजवादी पार्टी (जसपा) नेपाले अख्तियारको विरुद्ध वीरगञ्जमा विरोध प्रदर्शन गरेको छ । प्रदेश नम्बर २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापामारी गरेको विरुद्धमा जसपाले दोस्रो दिन पनि विरोध प्रदर्शन गरेको हो ।RAM JANKI AGRO ok (1)
जसपा पर्साका अध्यक्ष रामनरेश प्रसाद यादवको नेतृत्वमा घण्टाघरबाट शुरु भएको विरोध प्रदर्शन माइस्थान, आर्दशनगर, ग्रिनसिटी, घडिअर्वा हुँदै पुनः घण्टाघरमा आएर कोणसभामा परिणत भएको थियो । विरोध प्रदर्शनमा सहभागीहरुले अख्तियार मुर्दावाद, संघियता मास्नपाइँदैन, छापामार शैली चल्दैन, मुख्य मन्त्री हाम्रागौरव हुन् लगायतका नारा लगाएकाथिए ।
कोणसभालाई मधेश प्रदेश समिति सदस्य मदन प्रसाद चौहान, समाजवादी मुस्लिमका केन्द्रिय अध्यक्ष मौलाना नुरुलहोला, प्रदेश सभा सदस्य सिँहासन साह कलवार, जसपाका केन्द्रिय सदस्यहरु टेकबहादुर शाक्य, मोहनलाल चौधरी, केन्द्रिय सदस्यएवम् प्रदेश सभा सदस्य करिमा बेगमलगायतले सम्बोधन गरेका थिए ।
सम्बोधनको क्रममावक्ताहरुले अख्तियार पुर्वाग्रही भएको आरोप लगाएकाथिए । मधेशी समुदायको त्याग र बलिदानीबाट प्राप्तभएका उपलब्धीहरु सहन नसकेर संघियता मास्नखोजेको वक्ताहरुको भनाई थियो । भ्रष्टाचारको मुख्य स्रोत नै अख्तियार दुरुपयोग अनुसन्धान आयोग भएको बताउँदै वक्ताहरुले अख्तियारको संरचनागत परिवर्तन हुनुपर्ने आवश्यक्ता औँल्याए ।
कार्यक्रममा जसपा पर्साकी सदस्य एवम् पोखरिया नगरपालिकाकी उपप्रमुख सलमा खातुनले स्वागत मन्तव्यव्यक्त गरेकीथिईन् ।त्यसैगरी, जसपाले अख्तियार विरुद्ध जनकपुरमा समेत विरोध प्रदर्शन गरेका छन् । विरोध प्रदर्शमा जसपाका सयौं नेता कार्याकर्ताहरुको सहभागीता रहेको छ ।