• सुरेश राय

सिरहा, ३ असोज । अखिल नेपाल रास्टिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २२ औं सिरहा जिल्ला सम्मेलन आज गोलबजारमा समपन्न भएको छ । सम्मेलनले रामुदगार यादबको अध्यक्षतामा सर्वसम्मत २९ सदस्य जिल्ला समिती गठन गरेको छ । समितिको उपा–अध्यक्षमा रामपुकार यादब ,बिरेन्द्र सिंह ,सुकराज घिसिङ ,सचिब पारस यादब, सह–सचिब उदय मन्डल, आरती महरा, निसा सुन्दार, कोषा–अध्यक्ष सुशिला महतो चयन भएका छन् ।ANERASOBIU
सम्मेलनको उद्घाटन समारोहमा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा पूर्वमन्त्रि अजय शंकर नायकले सम्मेलन सफलताको शुभकामना दिएका थिए । सोही क्रममा उनले विद्यार्थीसाथीहरु आफ्नो मुद्दारहरुको रक्षा गर्न र त्यसलाई कार्यान्वयन गर्न सक्षम रहेको बताए । उनले अहिले पार्टीहरुप्रति युवापुस्ता आक्रमक रहेकोले आफ्नो सहि मुद्दा युवाहरुमाझ पुर्याउनुपर्ने जरुरी रहेको बताए ।
युवा विद्यार्थीहरुले नै देश चलाउने हो भन्दै पार्टीले पनि युवाहरुलाई महत्वका साथ स्थान दिएको बताए । उनले पार्टीको केन्द्रिय तहमा युवाहरुको उल्लेखनिय सहभागीता रहेको बताउँदै यसलाई सकारात्मक रुपमा लिनुपर्ने बताए ।
संगठनका निवर्तमान जिल्ला अध्यक्ष भाला यादवको अध्यक्षता र रविन्द्र सिंहको उद्घोषणमा सञ्चालित समारोहा विद्यार्थी नेता पुजन सिंहले सम्मेलन सफलताको शुभकामना दिएका थिए ।
सम्मेलनमा नेकपा माओवादी केन्द्रका प्रदेश सदस्यहरु रामचन्द्र महतो, प्रवेश लामा, जिवछ यादव, मिर्चैया नगरपालिकाका मेयर श्रवण यादव लगायतको उपस्थिति रहेको थियो ।