सूर्यनारायण वि.क. ‘शुभचिन्तक’
पुरातनवादी प्रवृतिको पतननहुँदा सम्म परिवर्तनको परिकल्पना गर्नु पक्कै पनि व्यर्थ हुन्छ । हाम्रो जस्तो अन्धविश्वासभित्र रुमल्लिरहेको समाजलाई प्रगतीपथमा डो¥याउनकालागि नागरिकको बौद्धिक स्तरलाई माथी उकास्न अपरिहार्य छ । जसकालागि शिक्षा सहयोगी सावित हुन्छ ।
अध्ययन र अनुसन्धानबिना हचुवाको भरमा तथ्य र तर्क बिनाका कुतर्क गर्नेहरुकै कारण समाज पछाडी परेको हो भन्दाकुनै गलत नहोला । चाहे त्यो नागरिकता प्राप्तगर्ने अधिकार पाएका तर नागरिकको दायीत्व बिर्सिएका नागरिक, चाहे साक्षर भएका तर शिक्षित नभएका शिक्षक, चाहे व्यक्तिगत स्वार्थका लागि समाजसेवीको पगरी बाँधेका अगुवा, चाहे पैँसाकालागि कलमचलाउने पत्रकार, चाहे अध्ययनभन्दापनि अन्धभक्त भएका विद्यार्थी नेता, चाहे भिजन नभएका नेता ।
‘हाम्रो देश नेपाल एउटा भूपरिवेस्ठित एवम् विकासोन्मुख राष्ट्र हो’ भनेर पढेको आज झण्डै १ दशकभन्दा बढी भइसक्यो । मैले पढ्नुभन्दा अझै १ दशक अघिसम्म पढेका दाई, दिदीहरुले पनि त्यही पढेका थिए । र, अहिले मेरा भाई, बहिनीहरुले पनि त्यही पढीरहेका छन् ।
‘हाम्रो देश नेपाल एउटा विकशित राष्ट्र हो ।’ भनेर पढ्न पाउने सपनाले सार्थकता कहिले पाउँछ ? भन्ने प्रश्नको जवाफ कसैसँग छ भने कृपया तर्क र तथ्य सहित बताईदिनपनि आग्रह गर्दछु ।
कर्णाली र सुदुरपश्मिमा अँझै पनि तुईन विस्थापित हुन सकेको छैन । जुम्ला, हुम्ला, डोल्पा जस्ता दुर्गम अनि विकट जिल्लाहरुमा मोटरबाटो र बिजुलीको पहुँच छैन । शहर भनिएका क्षेत्रमै खाल्डाखुल्डी, हिलो र धुलोका कारण सडकमा सास्ती खेप्नुपर्ने विवशता छ । पर्सा, बारामा लाखौ मूल्य बराबरको तस्करीको सामानहरु सहजै आउन दिने प्रहरीले घरायसी प्रयोजनकालागि ल्याउने नुन, तेल भन्सार चलान गरेर सर्वसाधारणलाई दुःखदिने परिपाटीको अन्त्यकसले गर्ने ?
सुनौलो भविष्यको कल्पना गरेर रातदिन नभनी मेहनत गरेर सरकारी जागिरको लिखितमा नामनिकालेपनि आफ्ना आसेपासेहरुलाई अर्थात कमिसनको चक्करमा अन्तरवार्तामा असफल भएका थुप्रै घटनाहरु हामी सबैलाई अवगत नै छन् ।
हाम्रो देश पछाडी पर्नुको अर्काे कारण राजनीति हो भन्दा गलतनहोला । राजनीतिलाई नराम्रो भन्नखोजेको पनि हैन । हुन त हरेक परिवर्तहरु राजनीतिबाटै सम्भव छन् । तर राजनीतिबाटै परिवर्तन सम्भव छ भन्दैमा विद्यालयमापनि राजनीति, अस्पतालमा पनि राजनीति, अन्य सरकारी तथा गैरसरकारी संघ संस्थामापनि राजनीति छिराउनु त भएन । अहिले को हाम्रो देशको परिस्थिती नै चौतर्फी राजनीतिको दुष्परिणाम हो ।
हुन त सरकारले केही गरेन भन्नपनि मिल्दैन । विभिन्न समुदायलाई मध्यनजर गर्दै विभिन्न योजनाहरु ल्याएपनि झण्झटिलो प्रक्रियाको कारण केहीले मात्रै योजनाको लाभ उठाउन सकेका छन् ।
विज्ञान र प्रविधिको विकाससँगै हरेक क्षेत्रलाई प्रविधिमैत्री बनाउनुपर्ने आजको आवश्यक्ताहो । इन्टरनेट र सामाजिक सञ्जालको सही सदुपयोग गर्न सके धेरै कुरा गुरुबिना र अतिरिक्त कक्षाबिना नै सिक्न सकिन्छ भन्नेमा कुनै आशंका छैन । यसर्थ समयको विकाससँगै व्यक्तिको र बिचारको विकास नभएसम्म परिवर्तीत समाज हेर्ने हाम्रो सपनाले सार्थकता पाउलाभन्न सकिने आधार छैन ।
३ असोज, २०७८ (विरगञ्ज)