गामक पोष्ट समाचारदाता / सिरहा ३१ भदौ । सिरहा प्रहरीले चाँदी सहित दुई जनालाई पक्राउ गरेको छ । सिरहाको ठाडी नाकाबाट ५ केजि चाँदी सहित दुई जना भारतियलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतको मधुवनी जिल्ला खुटोना बस्ने ३६ वर्षीय रबि महतो र ३८ वर्षीय पिन्टु महतो रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।प्रहरीले विशेष सूचनाको आधारमा नेपालबाट भारततर्फ जाने क्रममा चेकजाँज गर्दा चाँदी बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता शुभाष बुढाथोकीले जनाएको छ । प्रहरी चौकी ठाडीको टोलीले दुबै जनालाई पक्राउ गरी आवश्यक कारबाहीका लागि ईलाका प्रहरी कार्यालय लहानमा बुझाएको छ । प्रहरी स्रोतका अनुसार उनीहरु
लहानका सुनचाँदी व्यावसायीबाट चाँदी किनेर तस्करी गर्न लागेका थिए । लहानका अधिकांश सुनचाँदी व्यावसायीले सुनचाँदीको तस्करी गर्ने गरेका छन् । भारत लगेर बेच्दा भारतिय रुपैया मा बेच्दा भारु मोहरको बटावाला फाइदा हुने गरेका कारण सुनचाँदीको तस्करीमा लहान सिरहा मिर्चैया धनगढी बन्दिपुरका व्यावसायीहरुतस्करीमा लागेका हुन्