गमक पोष्ट समाचारदाता / सिरहा, २५ भदौ । अनेरा स्ववियु क्रान्तिकारीको लक्ष्मीपुर पतारी प्रथम गाउँपालिका सम्मेलन शुक्रवार सम्पन्न भएको छ । सम्मेलनले दिपक यादवको अध्यक्षतामा ३१ सदस्यित समिति गठन गरेको छ । समितिको उपाध्यक्ष, सचिव, सह–सचिव र कोषाध्यक्षमा क्रमशः राजु मण्डल, विरू यादव, पारश कामैत र केदार सिंह रहेका छन् ।
सम्मेलनमा प्रमुख अतिथि अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय सदस्य तथा प्रदेश २ का सह–संयोजक पुजन सिंहले कार्यकाल सफलताको शुभकामना दिएका छन् । विशिष्ट अतिथि नेकपा माओवादी केन्द्र नेता सुरेन्द्र साह, अनेरास्ववियु क्रान्तिकारी जिल्ला नेता विवेकान्द यादव, राम उदगार यादव र वाईसीएल नेपालका जिल्ला सदस्य उमेश यादवले कर्यकाल सफलताको कामना गरेका थिए ।
उनीहरुले विद्यार्थीहरु भविष्यका सम्वाहक भएको भन्दै पढाईसँगै देशको राजनीतिक अवस्थावारेपनि जानकारी राख्नुपर्ने बताए ।