गमक पोष्ट समाचारदाता / वीरगञ्ज, २२ भदौ । पर्सा प्रहरीले ८० लाखमूल्य बराबरको भन्सार छलिका कपडा बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका १४ गण्डक सडकखण्डबाट ना.३ ख ५१६५ र ना.३ ख ५५२५ नम्बरको मालवाहक ट्रकबाट भन्सार छलिका लत्ता कपडा प्रहरीले बरामद गरेको हो ।
सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा भन्सार छलिका सामान चितवनतर्फ लैँजादै गरेको सूचनाको आधारमा खटिएको टोलीलाई देख्ने बित्तिकै चालकहरु फरार भएकाले निजहरुको खोजीभइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी सूचना अधिकारी डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
बरामद कपडा आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको खनालले बताए ।