गमक पोष्ट समाचारदाता / सिरहा, २२ भदौ । सिरहाको गोलबजारमा एक व्यवायीक फर्ममा एकैदिन दुईहजारभन्दा बढी बोईलर कुखुरा मरेको छ । गोलबजार नगरपालिका ९ गोविन्दपुरका ३७ वर्षिय मो. हासिमको पाकीजा पोल्ट्री फर्ममा शनिवार विहान १० बजेदेखि राति आईतबार सम्ममा दुईहजार भन्दा बढी कुखरा मरेको हो ।
अघिल्लो दिन राती १५–२० वटा कुखुरा मरेपछि शनिवार विहान डिलरबाला (दाना चल्ला बेच्ने) मनोज सिंहलाई ल्याएर देखाएको बताए । मरेको कुखुरा चिरेर हेर्दा कलेजो र किड्नीमा समस्या रहेको भन्दै नेफ्रोकेर नामक औषधी दिएपछि धेरै कुखुरा मरेको मो हासिमले जानकारी बताए । उनलेभने, ‘राती कुखुरा मरेपछि डिलरवाला मनोज सिंहलाई ल्याएर देखाएँ, उहाँलेनै कुखरा चिरेर हेरेपछि कलेजो र किड्निीमा समास्या रहेछ । गर्मिका कारणले यस्तो भएको हो । यो औषधी खुवाएपछि ठिक भईहाल्छ भन्दै ‘नेफ्रोकेर’ पठाइदिएका थिए ।’
‘विहान १० बजेको आसपासमा औषधी दिएपछि दिनभरी र रातभरीमा दुईहजार भन्दा बढी कुखरा मरे । जसको कारण मेरो करिव मलाई करिव ७ लाभ घाटा हुने देखिन्छ ।’ साउनको २१ गते सुवाल ह्याचरीको २ हजार पाँच सय चल्ला हालेको बताए । उनले अहिले सम्म एक सय २० बोरा दाना समेत खुवाईसकेको जनाए ।
चल्ला र दानाकोमात्र जोडेदा पनि करिव ६ लाख ५० हजार खर्च भईसको मो. राइनले बताए । उनले औषधी र अन्य खर्च जोड्दा करिव ७ लाख खर्च भईसकेको छ । मरेका कुखुरा २ केजी हाराहारीका थिए ।
यता दाना डिलरका संचालक मनोज सिंहले गर्मिकै कारण कुखरा मरेको बताए । उनले आफूले मरेको कुखरा चिरेर हेरेको स्वीकार गर्दै आफ्नो २४ वर्षको अनुभवको आधारमा कहिलेकाही औषधी पनि सिफासिर गर्न गरेको जनाए । उनले मर्ने प्रकृति हेर्दा गर्मीकै कारण मरेको जनाए ।