फाईल फोटो ।
गमक पोष्ट समाचारदाता / सिरहा, २२ भदौ । सिरहाबाट नेकपा एमाले विजयी ६१ ज्ना स्थानीय तहका जनप्रनिधीले नेकपा एकीकृत समाजवादी रोजेका छन् । सखुवा नन्कारकट्टी गाउँपालिका अध्यक्ष केदार यादव सहित नेकपा एमालेबाट विजयी सवै जनप्रतिनिधी र जिल्लाका अन्य ठाउँका विजयी जनप्रतिनिधी सहित ६१ ज्नाले एकीकृत समावादी रोजेका हुन् ।
सखुवा नन्कारकट्टी गाउँपालिकामा अध्यक्ष र तीन वडाध्यक्षसहित १८ जनप्रतिनिधि नेकपा एमालेबाट निर्वाचित भएका थिए । उनीहरु सवैले एकिकृत समाजवादी रोजेको योगेन्द्र सिंहले जानकारी दिए ।
त्यसैगरी, जनता समाजावदी पार्टी नेपाल परित्याग गरी १२ जना स्थानीय तहका जनप्रतिनिधीले लोकतान्त्रिक समाजवादी पार्टी रोजेका छन् । उनीहरु आज अन्तिम दिन जिल्ला निर्वाचन कार्यालय सिरहा पुगेर लोकतान्त्रिक समाजवादीको पक्षमा सनाखत गरेको जिल्ला निर्वाचन अधिकृत इन्दिरा यादवले जानकारी दिए ।
निर्वाचन आयोगले आजसम्म नयाँ दल रोज्ने समय सीमा तोकेको थियो ।