गकम पोष्ट समाचारदाता / सिरहा, २० भदौ । सिरहाको सखुवा नन्कारकट्टी गाउँपालिमा नेकपा एमालेबाट विजयी सवै जनप्रतिनिधी सहित सिरहाबाट करिव पाँच दर्जन जनप्रतिनिधीले नेकपा एकीकृत समाजवादी रोजेका छन् । सखुवा नन्कारकट्टीा अध्यक्ष केदार यादवसहित ५३ जना जनप्रतिनिधिले नेकपा (एकिकृत समाजवादी) रोजेका हुन् ।
प्रदेश सांसद अशोक यादवको नेतृत्वमा जिल्ला निर्वाचन कार्यालय सिरहा पुगेर आज जनप्रतिनिधिले एकिकृत समाजवादीको पक्षमा सनाखत गरेका बताइएको छ ।
सखुवा नन्कारकट्टी गाउँपालिकामा अध्यक्ष र तीन वडाध्यक्षसहित १८ जनप्रतिनिधि नेकपा एमालेबाट निर्वाचित भएका थिए । उनीहरु सवैले एकिकृत समाजवादी रोजेको योगेन्द्र सिंहले जानकारी दिए ।
आज सिरहाका विभिन्न स्थानीय तहका ५३ जना जनप्रतिनिधिले एकिकृत समाजवादी रोजेको बुझिएको छ ।
प्रदेश २ प्रदेशसभामा एमालेभन्दा नेकपा एकिकृत समाजवादी पक्षमा जनप्रतिनिधिले समानखत गर्ने लहर चलेको छ । नेकपा एमालेका २१ सांसदमध्ये १३ सांसद एकिकृत समाजवादी रोजिसकेका छन् ।