गमक पोष्ट समाचारदाता / जनकपुर, २० भदौ । प्रदेश २ मा नेकपा एमालेका थप दुई जना प्रदेशसभा सदस्यले नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन् । सांसद सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङले आइतबार प्रदेश निर्वाचन आयोग कार्यालय जनकपुर पुगेर एकीकृत समाजवादी दलको पक्षमा सनाखत हुन् ।
नेकपा एमालेमै रहँदा माधव नेपालका पक्षमा रहँदै आएका दुवैजना संसदहरुले पार्टी विभाजन पछि नेकपा एमालेमै रहेको बताउँदै आएका थिए । गत बिहीबार एमालेका ११ जना सांसदले एकीकृत समाजवादीमा सनाखत गरेका वेला यीनीहरु अनुपस्थित थिए । दुईजना प्रवेश गरेपछि प्रदेश २ मा नेकपा एमालेको २१ जना प्रदेशस सांसदमध्ये एकीकृत समाजवादी रोज्नेको संख्या १३ पुगेको छ ।
यसअघि एमालेका सांसदहरु शत्रुद्यन महतो, गोविन्दबहादुर न्यौपाने, प्रमोद यादव, अशोककुमार यादव, मंजु कुमारी यादव, बेची लुंगेली, रबीन्द्र बैठा, नागेन्द्र राय यादव, हसिमा खातुन र मनोज सेन श्रीवास्तवले एकीकृत समाजवादी रोजेका थिए ।