गमक पोष्ट समाचारदाता / जनकपुर १७ भदौ । प्रदेश २ मा नेकपा एमालेका २१ सांसदमध्ये १० जनाले नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत छन् । आजै प्रदेश निर्वाचन कार्यालय जनकपुर गएर सांसदहरु शत्रुधन महतो, गोविन्दबहादुर न्यौपाने, प्रमोद यादव, अशोककुमार यादव, मञ्जुकुमारी यादव, बेची लुंगेली, रवीन्द्र बैठा, नागेन्द्र राय यादव, हसिमा खातुन र मनोज सेन श्रीवास्तवले एकीकृत समाजवादी दल रोजेको जानकारी गराएका हुन् ।
थप तिनजना भने विभिन्न कारणले आजै आईनपुगेको बताइएको छ । सांसद दिल्ली उप्रेती उपचारका निम्ति भारतको दिल्लीमा रहेकाले उनले दूतावासमार्फत् आफ्नो सनाखत गराउने र सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङ खराब मौसमका कारण बिहीबार आउन नसकेको र अर्काे दिन आएर सनाखत गर्ने बेची लुंगेलीले जानकारी दिइन् ।
प्रदेशमा नेकपा एमालेका २१ जना सांसद यसमध्ये १३ जना शुरुदेखि नै माधव नेपाल पक्षमा थिए ।