गमक पोष्ट समाचारदाता / जनकपुर, १३ भदौ । प्रदेश २ का दुई मन्त्रीको जिम्मेवारी हेरफेर गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले अर्थ मन्त्री विजय यादवलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा सारेको छ भने साही मन्त्रलालय सम्हाल्दै आएका शैलेन्द्र साहलाई अर्थमन्त्रीको जिम्मेवारी दिएका हुन् ।
उनीहरु दुवैजना जसपाका नेता भएपनि उनीहरुको जिम्मेवारी अहिले केही खुएको छैन । नवनियुक्त अर्थमन्त्री साहले मुख्यमन्त्रीले तजबिजमा जिम्मेवारी परिवर्तन गरेको भन्दै यसलाई पार्टीको आन्तरिक मामिलाको रुपमा बुझ्न अनुरोध गरेको छ ।
सरकार गठनकै बेला मूख्यमन्त्रीको दावी गर्दै आएका यादव पछिल्लो चोटि विवादमा तानिएका कारण जिम्मेवारी हेरीएको हुन सक्ने जसपाका एक नेताले बताए । यादव जनता समाजवादी पार्टीका प्रदेश २ का अध्यक्ष हुन् ।