गमक पोष्ट समाचारदाता / सिरहा, १२ भदौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी सिरहा शाखाले जीवन बीमा गराएका इन्द्र देव महतोको परिवारलाई मुत्यु दाबी भुक्तानी गरेको छ । बिष्णपुर गाउँपालिका ५ का बिमित स्व. इन्द्र देव महताकी श्रीमती द्रोपति देवी महतोलाई नेपाल लाइफ इन्स्योरेन्स कम्पनी सिरहा शाखाका प्रमुख पूर्ण कुमार कर्णले ७ लाख ६७ हजार ९ सय ४२ रुपैया रुपैयाँ बरावरको चेक हस्तान्तरण गरेका हो ।
बिमा वापतको रकम बुझ्दै द्रोपतीले आफूहरुले श्रीमानको मृत्यूले दुखित भएता पनि परिवारका लागी बिमा रकमले सहयोग पुगेको बताए । श्रीमानको मृत्यु भएपछि अब के गर्ने होला ? भन्ने पिर आफूलाई लागेको बताए ।
तर, श्रीमानले बेलैमा बिमा गरेका कारण सो रकमले आफुहरुलाई परिवारमा आर्थिक रुपमा केही सहयोग पुग्ने विश्वास व्यक्त गरे ।