गमक पोष्ट समाचारदाता / जनकपुर, ११ भदौ । जनता समाजवादी पार्टी नेपालले मधेश आन्दोलनका शहिद परिवार र घाइतेहरुलाई आज एक कार्यक्रम बीच सम्मान गरेका छन्।
जनकपुरमा आयोजित अभिमुखीकरण कार्यक्रममा जसपा अध्यक्ष उपेन्द्र यादवले शहीद परिवार तथा घाइतेहरुलाई गम्छा ओढाई सम्मान गरेका हुन् ।
उक्त अवसरमा अध्यक्ष यादवले शहीद परिवारलाई आफनै परिवार बुझि उनिहरुको भरण पोषण तथा घाइतेहरुको उपचारको जिम्मा प्रदेश सरकारलाई लिन आग्रह गरे।
उनले भने, ‘सहिद परिवारलाई रोजगारी दिने क्रममा केही परिवार छुटेको छ । त्यसलाई अविलम्ब दिनु पर्दछ । यसमा प्रदेश सरकारले नाइनुकुर गर्न मिल्दैन ।’
कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले प्राविधिक कारणले केही सहिद परिवारले रोजगारी पाउन नसकेको उल्लेख गर्नु गर्दै बाँकी रहेको शहीद परिवारलाई छिटै रोजगारी दिने प्रतिबद्धता समेत जनाए । उनले सहिद परिवारको रोजगारी तथा घाइतेहरुको भरण–पोषणाको लागी प्रदेश सरकारले बजेट विनियोजन गरि सकेको जानकारी समेत गराए ।