गमक पोष्ट समाचारदाता / वीरगञ्ज, ११ भदौ । पर्सा प्रहरीले वीरगञ्जबाट साढे ४ लाखभन्दा बढी मूल्य बराबरको भन्सार छलिका सामाग्रीे बरामद गरेको छ । प्रहरीले वीरगञ्ज महानगरपालिकाको इनर्वा गाउँ, नगवा र छपकैयाबाट भन्सार छली भारतबाट ल्याउँदै गरेकोे अवस्थामा ४ लाख ६७ हजार ६ सय ५० रुपैयाँ बराबरको लत्ताकपडा, हार्डवेयर तथा मोटर पार्टस् बरामद गरेको हो ।
सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा नियन्त्रणमा लिएको सामाग्री आवश्यक कार्यवाहीको लागि भन्सार कार्यालय बीरगन्जमा बुझाएको जिल्लाप्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले बताए ।