गमक पोष्ट समाचारदाता / काठमाडौं, १० भदौ । जन गायक जुठबहादुर खड्की ‘जेबी टुहुरे’ को ७८ वर्षको उमेरमा निधन भएको छ । मस्तिष्कघातबाट पीडित खड्कीको काठमाडौंस्थित वयोधा अस्पतालमा उपचार क्रममा आज निधन भएको हो ।
उनको शव माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिने भएको छ । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ । उनका पत्नी सत्यदेवी, एक छोरा र चार छोरी रहेका छन् ।
पाँच दशकभन्दा लामो समयदेखि जनबादी गीत संगीतमा सक्रिय टुहुरेको दर्जनौं सृजनाहरु रहेका छन् । उनले सृजना मध्ये आज पनि ‘आमा दिदी बहिनी’, ‘रातको अनिँदो’, ‘बसाइँ हिँड्नेको ताँतीले’ लगाएतका मनछुने गीतहरु नेपाली गाउँघरमा अझैपनि चर्चित छन् ।
यसैविच कलाकार टुहुरेको निधनप्रति प्रधानमन्त्री शेरबहादुर देउवाले दुसख व्यक्त गरेको छ । कलाकार टुहुरेको निधनको खबरले निकै स्तब्ध बनाएको भन्दै प्रधानमन्त्री देउवाले उनको आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ ।