फाइल तस्विर ।

  • सुरेश राय

सिरहा, ९ भदौ । सिरहाको चोहर्वामा घरै अगाडीबाट जेसीबी (स्काभेटर) चोरी भएको छ । गोलबजार नगरपालिका ८ पुरानो चोहर्वामा रहेको राज हाडवेयर पसलको अगाडिबाट राजकुमार गुप्ताको जेसीवी चोरी भएको हो ।
पसल र घर सँगै रहेका गुप्ता काम विशेषले बाहिर गएकाले ११ बजे तिर आकोबेला जेसीवी घरकै अगाडि रहेपनि विहान उठ्दा नदेखिएको बताए ।
गुप्ताका भई गौतम गुप्ताले भने, ‘राती ११ बजे पछि हामी सबै जना खाना खाएर सुतन गयौ, बिहान उठदा घर अगाडि देखिएन, गुर्जी (ड्राइभर) ले लग्योकी भनेर फोन गरें, उनले पनि नलगेको भनेपछि चोरी भएको हो भन्ने लाग्यो ।’
जेसीवी लग्भग दुई महिना अगाडि लिएको थियो बताइएको छ । भर्खरै किनेकाले नम्बर पनि लेखिएको थिएन । जेसीवीको बुलुबुक लपगायतका कागजात समेत गाडी मै थियो नम्बर लेखाउन बाकी थियो । यता इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर सन्तोष राईले सूचना पाए लगतै घटनास्थल पुगेर खोजी कार्य सुरु भईसकेको जनाएको छ । पछिल्लो पटक सिरहामा चोरी तथा लुटपाटको घटना वृद्धि भएको छ ।