गमक पोष्ट समाचारदाता / वीरगञ्ज, ३० साउन । बाराको क्षेत्र नम्बर ३ का प्रतिनीधि सभा सदस्य रामबाबु कुमार यादवले शिक्षाको विकास बिना अन्य क्षेत्रको विकासको परिकल्पना गर्न नसकिने बताएका छन् । बाराको कलैया उपमहानगरपालिका २६ शिस्वामहेसपुरस्थित नेपाल राष्ट्रिय माद्यामिक विद्यालयको नवनिर्मित २ तले भवनको उद्घाटन गर्दै सांसद यादवले गुणस्तरीय शिक्षा नै आजको आवश्यक्ता भएको हुँदा विज्ञान र प्रविधिको विकाससँगै शिक्षालाई पनि प्रविधिमैत्री, व्यावहारिक एवम् रोजगारमुलक शिक्षालाई अंगाल्नुपर्नेमा जोड दिए ।JVM SCHOOL 333
विद्यालयमा हाल पशु प्राविधिक शिक्षा सञ्चालित छ । आगामी दिनमा अन्य प्राविधिक शिक्षाका विषयहरु पनि सञ्चालन गर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका सांसद यादवको लक्ष्य छ ।
सांसद यादवकै संसदिय विकास कोषको रकमबाट निर्मित विद्यालय भवनको उद्घाटनपश्चात यादवकै अध्यक्षतामा बसेको विद्यालय व्यवस्थापन समितिको बैठकमा नर्सिङ्, अहेब लगायतका अन्य प्राविधिक शिक्षा सञ्चालन गर्ने सम्बन्धमा छलफल समेत भएको विद्यालयका प्रधानाध्यापक राधेकृष्ण यादवले जानकारी दिए ।

indira jal 333