गमक पोष्ट समाचारदाता / लहान, २६ साउन। खुला सिमाका कारण भारतबाट गैरकानुनी रुपमा नेपाल भित्रियाइएका गुटखा तथा सुर्तीजन्य पदार्थ सिरहा तथा सप्तरीमा खुलेयाम रुपमा निर्वाध रुपले बिक्रि वितरण भइरहेको छ ।
सम्बन्धित निकायको वेवस्ताका कारण अबैध रुपमा आयात गरिएका त्यस्ता सुर्तीजन्य पदार्थ निर्वाध रुपमा बजारमा बिक्रि भइरहेको छ । अनुगमन तथा नियन्त्रण गर्ने प्रशासन मौन बस्दा गाँउदेखि सहरसम्म गुट्खा तथा सुर्तीजन्य पदार्थ जहातही रोकटोक बिना बिक्रि भइरहेका छन् ।
जिल्लाका सानो पान पसल, चिया पसल, होटेलहरुमा छ्यापछयापी पाइने गरेको गुटखा तथा सुर्ती जन्यपदार्थ अधिकांश बिना भन्सार आयात गरिएका हुन्छ । बढी मुनाफाका लागि व्यापारीहरुले बलेकियाहरुसंग साठगाँठ गरेर ल्याइएका समानहरु बिक्रि वितरण गरि रहेका छन् । भन्सारबाट आयात भएको तथ्यांकमा यस्ता चिज अगन्य मात्रामा आयात देखिन्छ । स्वास्थलाई समेत गम्भीर असर पु¥याउने , रकम पनि विदेशिने र राजस्व पनि एक रुपैया नउठने यो चिज अबैध रुपले भारतबाट भित्रिरहेको छ । सिरहाको विभिन्न नाका तथा सप्तरकिो बेल्ही, चन्ही नाकाबाट बोराका बोरा गुटखा तथा सुर्तीजन्य पदार्थ गैर कानुनी रुपमा तस्करहरुले दिनहु पैठारी गरि रहेका छन् ।
दिनहु लाखौ मूल्यका त्यस्ता समानहरु तस्करहरुले भारतबाट ल्याउदा पनि प्रहरी, प्रशासन, भन्सार कार्यालय र राजस्व गस्ती टोली मौन साधेर बसेका छन् । सम्बन्धित पक्ष मौन बस्दा यसको कारोरबार दिनप्रति दिन फस्टाउदै गएको छ । लाखौ मूल्यका ती समानहरुको खुलेयाम रुपमा भइरहे पनि भन्सारमा राजस्व शुन्य छ । विभिन्न सरसमानको अर्डर लिएर कालो धन्धा गर्नेले पसल पसलमा ती समानहरु पु¥याउने गर्छन । उनीहरु लाइन मिलाएका कारण निर्वाध रुपमा समान भित्रियाउने गर्छन ।
एक तस्करले जनकपुर टुडेसंग भने — ति समानहरुहरु नेपाल भित्रियाउन हामीहरुले सिमामा रहेका प्रहरी चौकी धाती, मल्हनयिा तथा बेल्हीका तथा सशस्त्र प्रहरी बल बेश क्याम्प कुशहाका प्रहरीलाई पहिले नै नजराना रकम दिइ लाइन मिलाएका हुन्छौ । कम लगानीमा बढी फाइदा पाइने हुनाले चोरी पैटारीले प्रथमिकता पाएको व्यापारीहरु बताउँछन् ।
भारत बजारमा नयाँ निस्किएका त्यस्ता समानहरु नेपाली बजारमा तत्कालै आइपुग्छ ।
जब कि आर्थिक ऐन २०६६ मा प्याकेज नगरेका कोरा सुर्तीको प्रतिकेजी ५० रुपैया, चुन मिसाएको सुर्तीको प्रतिकेजी १ सय ३० रुपैया, जर्दा र खैनीको प्रतिकेजी २ सय रुपैया, बीडी १ हजार खील्लीको ५० रुपैया अन्त शुल्क लाग्ने कानुनी व्यवस्था छ ।
कम मूल्य पर्ने तथा झोलाहरुमा सजिलै गरी लुकाएर ल्याउन सकिने भएकाले कहाँबाट कसरी भित्रियो भन्ने तर्फ कसैको ध्यान नगएको भन्सार कर्मचारीहरुको भनाइ छ । उनीहरु भन्छन्— खुल्ला सिमाका कारण यसको नियन्त्रण गर्न गाह्रो छ । चोरी पैठारी रोक्ने काम प्रहरी प्रशासन र राजस्व गस्ती टोलीको हो । उनीहरुले नचाहेसम्म तस्करी रोक्न नसकिने बताउँदै कर्मचारीहरुले भने तस्करी रोक्नका लागि सिमा नाकामा रहेका प्रहरीले प्रभावकारी भुमिका खेल्नु पर्ने आवश्यतmा रहेको बताउँछन् ।