गमक पोष्ट समाचारदाता / काठमाडौं, १६ साउन । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका छन् । शनिबार संसदिय दलको कार्यालय सिंहदरवारमा बसेको बैठकले यादवलाई दलका नेता चयन गरेको हो । बैठकमा २१ जना सांसद उपस्थित थिए । यादवलाई दलका नेतामा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले प्रस्ताव गरेका थिए भने महेन्द्र यादवले सर्मथन गरेका थिए ।
निर्वाचन आयोगले पार्टीको आधिकारिकता विवाद निरुपण गरिदिएपछि जसपाले दलको नेता चयन गरेको हो । निर्वाचन आयोगले ११ साउनमा यादवपक्षलाई आतिकारीता दिएको थियो ।