गमक पोष्ट समाचारदाता / सिरहा, ९ साउन । नेकपा एमाले माधव नेपाल समूह समर्थक युवा संघ नेपालका केन्द्रिय उपा–अध्यक्ष निरन्जन झाले युवाहरु संविधान, गणतन्त्र र मानवअधिकार रक्षाका लागि सधैं आवाज उठाउँदै आएको जिकिर गरेको छ । युवा संघ नेपाल, सिरहाको आज शनिवार गोलबजारमा सम्पन्न प्रथम बिस्तारित बैठकलाई सम्वोधन गर्दै उपाअध्यक्ष झाले युवाहरुको दुनियाँमा हुने हरेक परिवर्तनमा महत्वपूर्ण भूमिका रहेको भन्दै देशलाई सहिदिशा दिन सहयोग गर्नू कर्तव्य रहेको बताएको हो ।
उनले त्यसको लागि संगठित राजनीतिकमा युवाहरुको भूमिका आवश्यक रहेको जनाए । झाले त्यसको लागि हामिले संगठन निर्माण र विस्तारमा विशेष जोड दिनुपर्ने बताए । उनले आजको विस्तारित बैठकले यस विषयलाई महत्वका साथ निर्णय गर्नेमा आफू आशावादी रहेको पनि बताए ।
सोही क्रममा प्रदेश नम्वर २ का अध्यक्ष अर्जुन सिंहले विभिन्न पालिका तथा कार्यालयहरुमा चरम भ्रष्टाचारी, तसकरी जस्ता काम भईरहेको भन्दै यस्ता कार्यको नियन्त्रणमा यूवाहरुको भूमिका आवश्यक रहेको बताए ।
जिल्ला अध्यक्ष राजेश यादवको अध्यक्षतामा सम्पन्न विस्तारित बैठकमा युबा संघ, अनेरास्ववियु, नेकपा एमालेका नेताहरुको उपस्थिति रहेको थियो ।