Gamak Post
  • गृह पृष्ठ
  • विशेष
  • राजनीति
  • अर्थ
  • समाज
  • विचार
  • कला\मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • स्वस्थ्य
  • गृह पृष्ठ
  • विशेष
  • राजनीति
  • अर्थ
  • समाज
  • विचार
  • कला\मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • स्वस्थ्य

गुरु–शिष्य सम्बन्ध :आस्था र प्रेमको सुर्किनो

  • साउन ९, २०७८
  • 813 पटक पढिएको
  • Gravatar 250 गमक पाेस्ट

          गीता अधिकारी

  • गीता अधिकारी
  •  

गुरुप्रति श्रद्धा र सम्मान प्रकट गर्दै आज देशैभर गुरुपूर्णिमा पर्वका रूपमा मनाइँदैछ । मानिस यो धर्तीमा जन्मिएपछि सबैभन्दा ठूलो गुरु उसकी आमा हुनुहुन्छ । आमाको ताते–तातेबाट सिकाइ सुरु भएको हाम्रो जीवन कहिल्यै पूर्ण हुँदैन । मनुष्य जीवनमा माता, पिता र गुरुको महìवलाई विश्वभर नै सर्वोपरि मानिएको पाइन्छ । सकारात्मक सिकाइबाट नै हामी मानव, मनुष्य बन्छौँ । हामीले मनुष्यता र मानवीयताको संस्कार लिन्छौँ ।

जीवनका अनेक मोडमा गति दिनका लागि हामीलाई हरेक पाइलामा जो–जसले, जे–जे सिकाउँछन्, ती सबै गुरु हुन् । यस दिन ती गुरुहरूलाई सम्झना, सम्मान, आदर–सत्कार गरिनुपर्छ । उनीहरूले नै हामीलाई ज्ञान ज्योतितर्फ अग्रसर गराएका हुन् ।
गुरु शब्दको अर्थ पनि सीधा छ– ‘गु’ शब्द अन्धकारको बोधक हो भने ‘रु’ शब्दको अर्थ हो– प्रकाश, ज्ञान । अर्थात् अन्धकारलाई नष्ट गरेर जसले उज्यालोतर्फ डो¥याउँछ, त्यो नै गुरु हो । जीवनमा हामीले जुनसुकै कुरा जसबाट पनि सिक्छौँ, ती सबै हाम्रा गुरु हुन् । गुरु शब्दको विग्रह गर्दा ‘गिरति अज्ञानं इतिः गुरु’ अर्थात् अज्ञानलाई हटाएर ज्ञान प्रदान गर्ने व्यक्ति नै गुरु हो । आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यले विभिन्न मिष्ठान्न भोजनका साथ श्रद्धाभाव प्रकट गर्ने परम्परा रहिआएको र गुरुलाई आमा–बुबासरह मान्ने प्रचलन हामीकहाँ छ ।
हिन्दु परम्पराअनुसार गायत्री मन्त्र सुनाउने गुरु, शिक्षा दान गर्ने गुरु र गुरुआमा, सङ्गीत तथा वाद्यवादन सिकाउने तथा खेलकुदका गुरु र गुरुआमालाई गुरुपूर्णिका अवसरमा सम्मान गरिएको छ । पशुपतिस्थित सूर्यघाटमा लामो समयदेखि अनुसन्धान गरिरहनुभएका केशवप्रसाद चौलागाइँका अनुसार, द्वापरयुगमा वेदव्यासले पुराणादि ग्रन्थ प्रकाशन गरेर ज्ञानको प्रकाश छरेकाले व्यास जयन्तीका रूपमा पनि यो दिनलाई लिइन्छ । कबिर जयन्तीका रूपमा पनि यस दिनलाई मान्ने गरिन्छ । अस्त्र–शस्त्र चलाउन सिकाउने, मेसिन–औजार चलाउन सिकाउने, अश्वकला सिकाउनेलगायतका प्राविधिक क्षेत्रमा पनि गुरुको सम्मान गर्ने चलन छ । नाथ सम्प्रदायका योगीले यस दिन गुरु गोरखानाथको पूजन गर्ने चलन रहिआएको छ ।
प्राचीनकालको गुरुकुल शिक्षाबाट प्रारम्भ भएको यस पर्वमा विद्यार्थीले आफूलाई विद्या, विनय र शिष्टता प्रदान गरी जीवनलाई उज्ज्वल भविष्यको मार्गदर्शन गराउने गुरुलाई यथोचित सम्मान प्रकट गर्छन् । यस दिनले विद्यार्थी र शिक्षकबीचको सम्बन्धलाई प्रगाढ रूपमा स्थापित गर्नुका साथै गुरु र विद्यार्थीका बीचमा आत्मीयता, श्रद्धा तथा स्नेह कायम गरेर विद्याका क्षेत्रलाई आदर्श एवं सेवामूलक बनाई अघि बढ्न निर्देश गर्छ ।
हिन्दु धर्ममा गुरुलाई भगवान्को दर्जा दिइएको छ । किनकि गुरुले सही के हो र गलत के हो भन्ने पुष्टि गरेर बाटो देखाउँछन् । हरेक व्यक्ति जो हाम्रो सही मार्गदर्शन गर्छ, ऊ गुरु हो । ज्यो. पं. भरतमणि मरासिनीका अनुसार मनुस्मृतिमा दस गुरु बताइएको छ । यी गुरुमा सेवा गर्ने अर्थात् पुरानो सेवक, ज्ञान दिने अध्यापक, धर्मात्मा अर्थात् जो व्यक्ति जो धर्मको कार्य गर्ने गर्छ, पवित्र आचारण गर्ने अर्थात् जो राम्रो काम गर्छ, साँचो सत्य बोल्नेवाला, सामथ्र्य अर्थात् जो व्यक्ति सबै प्रकारबाट सक्षम छ, जागिर दिनेवाला, परोपकार गर्ने अर्थात् अर्काको मद्दत गर्ने र भलाइ चाहने । यसरी गुरुको प्रकार बताइएको छ ।
गुरु ब्रह्मा, गुरु विष्णु, गुरुदेवो महेश्वरः, गुरु साक्षात् परं ब्रह्मा तस्मै श्री गुरवे नमः । हिन्दु संस्कृतिमा गुरुलाई ब्रह्म, विष्णु, महेश्वर र परब्रह्मकै उच्च स्थानमा राखेर ठूलो सम्मान गरिएको छ । यो सनातन परम्परा हो ।
हामीकहाँ कला संस्कृतिमा लाग्नेहरूले यस दिनलाई विशेष दिनका रूपमा मनाउने गरेका छन् । आफ्ना अग्रज कलाकारलाई भेटेर यो दिनमा सम्मान प्रकट गरेर मनाउने गरेको पाइन्छ । त्यसैअनुसार विगतका वर्षमा राजधानीमा रहेका विभिन्न अग्रज कलाकारको घर तथा कार्यालयमा अनुज कलाकारको बाक्लो जमघट हुने गरेको पाइन्छ । नेपाली रजतपटमा सफलताको सिँढी पार गरेकाले आफ्ना अग्रजलाई र सिँढी उक्लँदै गरेका रङ्गकर्मीले आफूभन्दा अग्रजलाई यस पर्वमा विशेष रूपमा सम्झिने गर्छन् ।
गुरुबाट नै हामीलाई ज्ञानरूपी नेत्र प्रदान हुन्छ । जसमा हामी विश्वका समस्त वस्तु, स्थिति र चराचरका क्रियाकलापलाई स्पष्ट देख्न सक्छौँ । एउटा असल जीवन जिउनका लागि, सकारात्मक बाटोमा आफूलाई डो¥याउनका लागि हरेक मोडमा सिकाइको आवश्यकता पर्छ । जसको आँखामा निःस्वार्थ प्रेम, हृदयमा अपरिमित करुणा, शिष्यको हिताकाङ्क्षा, शुद्ध आचरण, आगाध अनुभव, स्वभावमा निरभिमानता, सरलता, निर्विकार छविजस्ता कुराहरूले गुरुको गौरव बढाउँछ । गुरु–शिष्यको सम्बन्ध आस्था र प्रेमको पवित्र सम्बन्ध हुनुपर्छ ।
पहिला–पहिला एउटै गुरु सबै कुरामा दक्ष र उहाँबाट पाएको शिक्षालाई जीवनमा अनुसरण गर्ने गरेको हुन्थ्यो भने आज त्यसको दायरा फराकिलो भएको छ । त्यसैले हाम्रो जीवनका हरेक मोडहरूमा हामीलाई मार्गदर्शन गर्न आउने सबै गुरुलाई यस दिनको अवसर पारेर मात्रै होइन सधैँ आदर–सत्कार गरौँ । गुरुलाई गुरुपूर्णिमाका दिन मात्रै भेटेर वा टेलिफोन गरेर सम्झने होइन कि सधैँसधैँ आदर–सत्कार गरौँ र गुरुले पनि आफ्नो शिष्यप्रतिको कतव्यलाई नभुलौँ । यसो भए मात्र यो सम्बन्ध सबैभन्दा पवित्र हुन्छ । पछिल्लो समयमा गुरुहरूका नाममा केही कलङ्कितहरूले ‘गुरु’ शब्दलाई नै घृणित तुल्याएका छन् । आफ्नै गुरुबाट चेली हिंसाका घटना पनि धेरै भएका समाचार सार्वजनिक हुने गरेका छन् । यस्ता गुरुप्रति सचेत र चनाखो रहँदै सच्चा गुरुलाई सधैँ आदर र सत्कार गराँै । गुरु–शिष्यको सम्बन्ध आस्था र प्रेमको पवित्र सुर्किनोलाई अझ कसिलो बनाउनेतर्फ दुवै पक्ष उत्तिकै जिम्मेवार हुन आवश्यक छ ।                                             गोरखापत्र अनलाईनबाट ।
सम्बन्धित समाचार
मार्बल ब्रान्डको नक्कली पाइप बिक्री गर्ने व्यवसायी प्रहरी नियन्त्रणमा, ४५२ थान पाइप बरामद
मार्बल ब्रान्डको नक्कली पाइप बिक्री गर्ने व्यवसायी प्रहरी नियन्त्रणमा, ४५२ थान पाइप बरामद
सप्तरीबाट २ राउन्ड गोलीसहित २ युवक प्रहरी नियन्त्रणमा
सप्तरीबाट २ राउन्ड गोलीसहित २ युवक प्रहरी नियन्त्रणमा
खेतको आलीमा बदलिएको सत्ताको कथा
खेतको आलीमा बदलिएको सत्ताको कथा
  • भर्खरै
  • लाेकप्रिय
मार्बल ब्रान्डको नक्कली पाइप बिक्री गर्ने व्यवसायी प्रहरी नियन्त्रणमा, ४५२ थान पाइप बरामद
सप्तरीबाट २ राउन्ड गोलीसहित २ युवक प्रहरी नियन्त्रणमा
खेतको आलीमा बदलिएको सत्ताको कथा
भेनेजुएलामा एकपछि अर्को शक्तिशाली भूकम्प, आपत्काल घोषणा
सिरहाबाट ४ ग्राम ब्राउन सुगरसहित दुई युवक प्रहरी नियन्त्रणमा
गोलबजार नगरपालिकाको १५ औं नगरसभा सम्पन्न, साडे ७५ करोड बार्षिक बजेट प्रस्ताव
लहान नगरपालिकाद्वारा दुई सञ्चारकर्मी सम्मानीत
लहान नगरपालिकाद्वारा एक अर्ब ३८ करोडको बजेट प्रस्ताव, कार्यान्वयमा आशंका
मासिक तलब निकासा नहुँदा शिक्षकहरु मर्कामा
विद्यालयमै पासो लागेको अवस्थामा भेटिए जमदह माविका प्रधानाध्यपक साह
सिरहाबाट नकली नोट सहित तिनजना पक्राउ
बाबु छोरा हत्या अभियोगमा आफ्नै वुहारी सहित तीन जना पक्राउ
सिरहामा बाबु–छोराको हत्या
कर्जन्हाका पूर्व मेयर पासवान समूहद्वारा महिलामाथि कुटपीट, घाइतेको उपचार हुँदै
सिरहाबाट चोरीएको स्काभेटर भारतमा भेटियो
सिरहाका युवक भारतीय सीमाबजार जयनरमा मृत भेटिए
सिरहा बम विस्फोट : आठ जना घाइते ,एकको अबस्था चिन्ताजनक
आपत्तिजनक अवस्थमा होटल सञ्चालक सहित छ जना पक्राउ
GamakPost

सम्पर्क

  • गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित
  • गमक पोष्ट अनलाईन
  • गोलबजार नपा ४, सिरहा
  • मोवाईल : ९८५२८२८६५७
  • इमेल : [email protected]
  • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

हाम्रो टीम

  • अध्यक्ष/कार्यकारी सम्पादक आशे कुमार विश्वकर्मा ‘आशिष’
  • प्रवन्ध निर्देशक मुकेश कुमार यादव
  • सम्पादक श्याम खनाल
  • हाम्रोबारे
  • नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

प्रतिलिपि अधिकार © 2021/2026 - गमक मिडिया हाउस प्रा.लि. - सर्वाधिकार सुरक्षित