गमक पोष्ट समाचारदाता / जनकपुर, २ साउन । माओवादीबाट मन्त्री बनेका भरत साह र राज्यमन्त्री बनेकी रुबी कर्णले मातृभाषा मैथिलीमा शपथ लिन नपाएको दुःखव्यक्त गरेका छन् । प्रदेश नम्वर २ को आन्तरिक मामिला तथा सञ्चार मन्त्री साह र राज्य मन्त्री कर्णले कानुनी अड्चनका कारण मात्रीभाषामा पद तथा गोपनियताको सपथ ग्रहण गर्न नपाएकोमा दुःखव्यक्त गरेका हुन् ।
उनीहरुले सपथगैहण पछिको मन्तव्यमा कानुन कानुन अभावको कारणले मैथिली भाषामा शपथ लिन नपाएपनि आँदा दिनमा यसलाई पुरागर्न कानुनिर्माण गर्ने प्रतिवद्धता जनाए । भाषा विवादकै कारण दिउँसो ३ बजेका लागि तय भएको शपथ ग्रहण करिब एकघण्टा ढिलोगरी सुरु भएको थियो । आन्तरिक मामिला तथा सञ्चार मन्त्री साह र राज्यमन्त्री कर्ण बनेकी छन् ।
मन्त्री साहलाई प्रदेश प्रमुख राजेश झा अहिराजले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए भने राज्यमन्त्री कर्णलाई मुख्यमन्त्री लालबाबु राउतले मधेश भवनमा आयोजित सपथ ग्रहण समारोहमा सपथ ग्रहण गराएका थिए ।