गमक पोष्ट समाचारदाता / जनकपुर, २ साउन । आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कुमार यादव र राज्यमन्त्री सरोज सिंह कुशवाहाले राजीनामा दिएका छन्। नेकपा माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउनका लागि मान्त्री यादव र राज्यमन्त्री कुशवाहाले राजीनामा दिएका हुन् ।
जनता समाजवादी पार्टीबाट नेतृत्व मन्त्री बनेका यादव र कुशवाहले आजै प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतसमक्ष स्वेच्छाले राजीनामापत्र बुझाएको बताइएको छ । उनीहरुले आफ्नै राजीखुसीले माओवादीलाई सरकारमा ल्याउन पदबाट राजिनामा दिएको बताएको छ ।
यसैबीच मुख्यमन्त्री राउतले आज शनिवार माओवादी केन्द्रलाई एक मन्त्रालय दिएर मन्त्रिपरिषद् विस्तार गर्न लागेको हो ।
यस अघिदेखि नै दुईवटा मन्त्रालय मात्र लिएर प्रदेश सरकारमा सहभागी हुने अडानमा रहेको माओवादी केन्द्र एक महत्त्वपूर्ण मन्त्रालय लिएर सरकारमा सहभागी हुने तय भएको हो । प्रदेश सरकारमा माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साह मन्त्री र रुवी कर्ण राज्यमन्त्रीको रुपमा प्रदेश सरकारमा सहभागी हुनेभएको छ। दुवै जनाले आज दिउँसो ३ बजे पद तथा गोपनीयताको शपथ लिने बताइएको छ ।