- सुरेश राय
सिरहा, २८ असार । संसद पुनरस्थापनाको स्वागत गर्दै विद्यार्थी तथा युवासंगठनहरुले स्वागत गर्दै सिरहाका विभिन्न बजारहरुमा दीप प्रज्वलन गरेका छन् । सर्वोच्च अदालतले दोस्रो पटक संसद पुनरस्थापनागर्दै नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको प्रमादेशको स्वागत गर्दै दीप प्रज्वलन गरेका हुन् ।
अनेरास्ववियु क्रान्तिकारी र नेपाल पक्षका नेकपा एमाले निकट अनेरास्ववियुले आज गोलबजारमा दीप प्रज्वलन गरेको छ । कान्तिकारीका केन्द्रीय सदस्य तथापरदेश–२ सह–संयोजक पुजन सिंहले सर्वोच्च अदालतले गरेको निर्णयको स्वागत गर्दै दीप प्रज्वलन गरेको जनाएको छ । दिप प्रजवलनमा अनेरास्ववियुका सुरेश यादब लगायतको उपस्थिति रहेको छ ।
आजै सिरहाको लहानमा पनि युवासंघठनले अदालतको फैलाको स्वागत गर्दै दीप प्रज्वलन गरेको छ । दीप प्रज्वलनलाई सम्वोधन गर्दै युबा संघ नेपालका जिल्ला अध्यक्ष राजेश यादबले संसद पुनरस्थापनाको स्वागत गर्दै अदालतको फैसलाई स्वागत योग्य र ऐतिहासिक बताए । उनले, ‘यो ऐतीहासिक फैसला प्रतिगमनका मतियारहरुलाई फेरी अर्को झटका लागेको छ, यसले उनको राजनैतिक भविष्यपनि समाप्त भएको छ ।’
दीप प्रज्वलन कार्यक्रममा युवा संघ अध्यक्ष यादब, सचिवालय सदस्य राम उदगार साह, वाईसीएलका जिल्ला संयोजन आशानन्द यादव सहित ५ युवा संगठनका प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।